टोखा नगरपालिका वडा नं ३ ले स्वयंसेवकहरुलाई पोशाक वितरण गर्यो

टोखा नगरपालिका वडा नं ३ ले स्वयंसेवकहरुलाई पोशाक वितरण गर्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २३।

टोखा नगरपालिका वडा नं-३ ले कोरोना प्रकोप नियन्त्रण र रोकथामको अभियानमा सक्रिय   स्वयं सेवकहरुलाई  पोशाक वितरण गरेको छ ।

टोखा नगरपालिका वडा नं -३ ले आफ्नो क्षेत्रमा खटेर निरन्तर सेवा दिनु भएका २० जना स्वयंसेवकहरूलाई वडा अध्यक्ष सिंहराज श्रेष्ठको प्रमुख आतिथ्य साथै सुरक्षा उप समितिका संयोजक मुकुन्द राज कुँवरको अध्यक्षता र स्वयंसेवक परिचालनका संयोजक रामराज श्रेष्ठको उपस्थितिमा पोशाक वितरण गरेको हो ।

 

सो अवसरमा वडा सदस्य हरिमान श्रेष्ठले भने, ‘हामी हाम्रा वडा नं-३ मा सेवा प्रदान गर्नु भएका स्वयं सेवकहरूलाई आभार प्रकट गर्न चाहन्छौं ।जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । यसले स्वयंसेवकलाई उच्चमनोवल र सुरक्षा बढाउन दुवै मद्दत गरेको हरिमान स्वीकार्छन। उनी हरिमान अगाडी भन्छन- “यो स्वयंसेवक पोशाक लगाएर अनावश्यक ठाउँमा नहिडन र भट्टीमा डुलेर वडा कै बेइज्जत नगर्न म आग्रह गर्न चाहान्छु।यसमा अलि सतर्क रहन म विनम्र अनुरोध गर्दछु”।

यस्तै गरी वडा अध्यक्ष सिंहराज श्रेष्ठले कोरोना भाईरस (कोभिड –१९) को सम्भावित जोखिम रोकथाममा संलग्न स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्दे आगामी दिनमा अझ चुस्त रूपले कार्य सम्पादन गर्दे जानु पर्ने कुराको निर्देशन दिदै सरकार र नागरिक प्रति यहाँहरुको पनि दायित्व हुन आउछ । सचेतनाका लागि तपाईंहरू जनताको घर दैलेमा पनि पुग्नु होस। जनताले सुरक्षाको अनुभूति बढी गर्न पाउनेछन् । उहाँले भन्नुभयो । सो कार्यक्रममा अन्य समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।