स्वास्थ्य सामाग्री र प्रोत्सहान भत्ता सहित संक्रमितको घर घरमा पुग्दै बुढानिलकण्ठका जनप्रतिनिधि

स्वास्थ्य सामाग्री र प्रोत्सहान भत्ता सहित संक्रमितको घर घरमा पुग्दै बुढानिलकण्ठका जनप्रतिनिधि

कपन अनलाइन 

काठमाडौं ,भाद्र १८।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मिहरुले कोरोना संक्रमितको घर घरमा पुगेर स्वास्थ्य सामाग्री र प्रोत्सहान भत्ता वितरण कार्यलाई शुरु गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाले कार्यविधि बनाएर नगरपालिकाका होम आइसोलेसनमा रहेका संक्रमितहरुको घर घरमा पुगेर आवस्यक स्वास्थ्य परामर्श तथा उनीहरुको लागि सन्तुलित र पौस्टिक भोजनका लागि भत्ता वितरण गर्नका लागि सम्बन्धित वडाका प्रतिनिधि सहित स्वास्थ्यकर्मीलाई परिचालन गरिएको नगर प्रमुख उद्दव खरेलले बताएका छन।

नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार संक्रमितहरुको मनोवल बढाउने तथा उनीहरुलाई आवस्यक सहयोग गर्ने क्रमलाई नगरपालिकाका सबै वडामा लैजाने अभियान भाद्र १८ गते बाट शुरु हुने बताउदै नगर प्रमुख खरेलले कुनै पनि सुचना वा आपतकालीन सेवाका लागि तलका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न सकिने जानकारी दिएका छन।

सम्पर्क :

तपाइँको प्रतिक्रिया ।