नेपाल मेडिकल कलेज बाट ६ जना कोरोना जितेर फर्किए

नेपाल मेडिकल कलेज बाट ६ जना कोरोना जितेर फर्किए

कपन अनलाइन

 काठमाडौँ, भाद्र १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का कोरोना संक्रमित धुर्ब नापित सहित ५ जना कोरोना जितेर घर फर्किएका छन्। भाद्र ४ गते कोरोना  संक्रमण पुष्टि भए पछि उनि सहित ६ जना गोकर्णेश्वर नगरपालिका  अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको आइसोलेसन  बाट   भाद्र १७ गते बुधबार  डिस्चार्ज भएका हुन। बाँकी १७ जना कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । कोरोना जितेका संक्रमितहरुलाई नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले कोरोना जितेकोमा  बधाई सहित   खादा लगाएर बिदाइ गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विपद व्यवस्थापन समितिका सदस्य समेत रहेका धुर्ब नापितले कोरोना भाईरस सङक्र्रमण बाटा जोगिन आग्रह र्गदै लागिहालेमा यो भयनक रुपमा नभई  साामान्य  लिनुर्पने सुझाब दिएका छन् । उनले भने  कोरोना लाई हटाउन बढि माया चाहिने रहेछ तिरस्कार होईन,।उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी बाट राम्रो व्यवहार प्राप्त गरेको स्मरण गर्दैकोरोनालाइ भयानक रोगको रुपमा लिनु नहुने बताए। नापितले अस्पतालमा रहदा सबैको माया पाएको बताउदै  सबैले माया र सद्भावप्रति सधैं ऋणी भएको बताएका छन्। उनले नगरपालिका ,वडा, विपद व्यवस्थापन समिति तथा सुभचिन्तकहरुलाई धन्यबाद  समेत दिएका छन् य़।

पहिले त मलाई कोरोना भाईरसको संक्रमण भएको भन्ने कुराको विश्वास लागेन, तर कोरोनालाई जितेर घर फर्किन्छु भन्ने आत्मविश्वास थियो । ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ उनले भने।

आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको स्मरण गर्दै  सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको अनुभव गरेको  बताए ।नापित  भन्छिन,  ‘कोरोनालाई एकदम ठुलो रोग ठानेर आफ्नो आत्मवल कमजोर नबनाउनु होला आफ्नो आत्मविश्वास बलियो बनाएर सुरक्षित रहन आग्रह गर्दछु।’ उनले भने,

अस्पताल बसाईको क्रममा हौसला बढाउने  साथ र सहयोग  गर्ने  नेपाल मेडिकल कलेजमा अस्पतालमा कार्यरत सम्पुर्ण स्टाफहरू प्रति आभार प्रकट गर्दै  नापितले  अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नदिने  सबैलाई धन्यवाद दिएका  छन।

उनले बिशेष गरि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, विपद व्यवस्थापन समितिका सदस्य लक्ष्मी श्रेष्ठ ,बजार अनुगमन समितिका धनपति खनाल, त्यसै गरि   सोहि अस्पतालमा उपचाररत बुढानिलकण्ठका कोरोना संक्रमित सर्वोधन राइ र कल्पना राइ ले देखाएको आत्मीय व्यवहार प्रति आभार ब्यक्त गरेका छन्। उनका अनुसार उनीहरुले  गुर्जो पानी , तातोपानी र बेसार पानी सहित पौष्टिक आहार बनाएर  खुवाउनको लागि सहयोग गरेको बताए  ।

कोरोना भाइरस  संग लड्न खानपानमा विशेष ध्यान दिन जरूरी रहेको बताउदै नापितले  आत्मवल बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषिलो तथा सन्तुलित खाना नियमित खाने र स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्ने संदेश दिएका  छन।

 

तपाइँको प्रतिक्रिया ।