भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान हुने

भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान  हुने

कपन अनलाइन

काठमाडौं, भाद्र १८। प्रत्येक स्वस्थ ब्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदानको शुरुवात गरौ भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह द्वारा भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित देबी बाल सुधार माविको प्राङ्गणमा बिहान ८ बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा इच्छुक ब्यक्तिहरुले नाम टिपाउन आयोजकले  अनुरोध  गरेको छ ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।   सम्पर्क नं

९८६९५२५०७८,

९८४९०६०४३९

९८१३८०७०२५

तपाइँको प्रतिक्रिया ।