“मानव बेचविखन तथा यौन शोषण प्रभावितहरुको न्यायमा पहुँच” विषयक अनुसन्धान प्रतिवेदन सार्वजनिक

“मानव बेचविखन तथा यौन शोषण प्रभावितहरुको न्यायमा पहुँच” विषयक अनुसन्धान प्रतिवेदन सार्वजनिक

कपन अनलाइन
काठमाडौँ, भाद्र १८।

मानव बेचविखन विरुद्ध चौधौं राष्ट्रिय दिवस, २०७७ भदौ २० को सन्दर्भमा बुधवार सार्वजनिक गरिएको ‘मानव बेचविखन तथा यौन शोषण प्रभावितहरुको न्यायमा पहुँच विषयक अनुसन्धान प्रतिवेदनले उनीहरुको न्यायमा पहुँचको कमिले प्रभावित भएको अवस्थामा पनि उजुरी नै नदिई बस्ने गरेको पाइएको छ ।
मानव बेचविखन विरुद्ध काम गर्दै आएको एट्टविन र सिविसद्वारा आयोजित कार्यक्रममा अनुसन्धानकर्ता पिङ्कीसिंह राणाले मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित २४ जना बालिकामाथि गर्नुभएको अनुसन्धानमा १३ जनाले मात्र उजुरी दिइएको पाइएको छ, भने पीडित एकसयजनामध्ये ५ प्रतिसतले मात्र न्यायको लागि उजुरी गर्ने गरेको छ । प्रभावितमध्ये आधा सङ्ख्याले उजुरी नदिनुको कारण सोध्दा उनीहरुको पक्षमा न्याय पाउने सम्भावना कम देख्नु, पीडक पक्षले घटनालाई दबाउन दबाब दिनु र कतिपयलाई समाजमा बेइज्जत हुन्छ भन्ने डर, भ्रमले चुपचाप सहेर बस्नुपरेको कारण बताएको अनुसन्धानमा उल्लेख गरिएको   छ ।
गरिबी, शिक्षाको कमी, दौँतरीहरूको दबाब, रोजगारीको खोजीको आवश्यकताका कारण नेपालमा बाल यौन शोषण व्याप्त छ, अनुसन्धानकर्ता राणाले भनिन  ।
त्यसैगरी यौन शोषणमा पर्ने घटना परिवारमा लज्जाको विषय हुने विश्वास, त्यसैगरी पीडकहरूको राजनीतिक प्रभावको डरले प्रभावित बालिकाको परिवार पीडक विरुद्ध न्याय माग्न नजाने प्रवृत्ति देखिएको उनले बताएकि छन  ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाम्फेले मानव बेचविखन र यौन शोषण सम्वन्धी विषय पाठ्यक्रममा समावेश गर्ने काम अन्तिम चरण पुगेको बताईन  ।
साथै न्यायमा सबैको पहुँच पुर्याउन  व्यक्ति, परिवार, संस्थालगायतले त्यस घटना विरुद्धमा कानुन छ, पीडित भएर नबस्न समाजमा फैलाउन जरुरी रहेको बताएकी छन  ।
प्रभावितले न्याय माग्दा पनि १० देखि १५ वर्षसम्मको अवधिसम्म न्यायलय धाइरहनुपर्ने बाध्यताका कारण पनि खर्च र समय धेरै लाग्ने कारणले पनि यस्ता घटनामा न्याय माग्नै प्रभावित हिच्किचाउँछन्, प्रभावित उर्मिला श्रेष्ठले भनिन  ।
प्रभावित श्रेष्ठले सन् २००९ मा उजुरी गर्दा २०१८ मा मात्र फैसला भएको अनुभव सुनाउँदै यत्तिका समयसम्म सबै पीडितले सामाजिक, आर्थिक र पीडक पक्षले दिने मानसिक यातनालगायतका समस्या झेल्न नसक्ने बताएकी छन  ।
एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले नेपालमा मानव बेचविखन तथा यौन शोषण गर्ने विरुद्ध कानुन छ तर यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

त्यसैगरी एटविनका अध्यक्ष नातिसरा राईले पीडितसँग प्रत्यक्ष कुराकानीमा आधारित प्रतिवेदनले प्रभावितले न्याय माग्नै डराउने अवस्था देखिएको बताएकी थिइन्  ।
सिविसका अध्यक्ष विमला ज्ञवालीले मानव बेचविखन तथा यौन शोषणबाट प्रभावितले सहज रुपमा न्याय पाउने वातावरण तयार गर्न सबै ऐक्यवद्ध भएर लाग्न आग्रह गरेकी थिइन्।
नेपालले सन् २०२० को मार्चमा अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि २००० को आलेखपूरकको रूपमा रहेको पालेर्मो प्रोटोकलको रूपमा पनि चिनिने मानव बेचबिखनको रोकथाम, अन्त्य तथा दण्डित गर्ने सम्बन्धी प्रोटोकललाई अनुमोदन गरेको छ ।
यसबाट मानव बेचबिखनविरुद्ध भएको विद्यमान घरेलु कानुनलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको मापदण्ड अनुरूप परिमार्जन गर्न बाटो खुलेको छ । जसले बालबालिकालाई सबै प्रकारका यौन शोषणबाट संरक्षण गर्नेछ ।

अन्तर्राष्ट्रिय कानुन अनुसार शोषणभित्र बल प्रयोग, जबरजस्ती, धम्की, धोका, शक्तिको दुरुपयोग अथवा जोखिमताको अवस्था समावेश हुन्छ भने यसले मानव बेचबिखन जनाउँछ भनिएको छ ।
अमेरिकाको ट्राफिकिङ इन पर्सन प्रतिवेदन २०१९ ले सरकारी वकिलहरूलाई पीडित केन्द्रित अनुसन्धान र अभियोजनहरू तथा कानुन कार्यान्वयन गर्ने निकायहरूलाई मानव बेचबिखनको प्रवृत्ति र आपतकालीन पीडित संरक्षणसम्बन्धी तालिम दिनका लागि गर्नुपर्ने प्रयासहरूमाथि प्रकाश पारेको अनुसन्धानमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।