पौस्टिक आहार सहित संक्रमितको घर घरमा टोखा नगरपालिकाका जनप्रतिनिधि

पौस्टिक आहार सहित संक्रमितको घर घरमा टोखा नगरपालिकाका जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं ,भाद्र १८/जय न्यौपाने

टोखा नगरपालिकाका जनप्रतिनिधि पौस्टिक आहार सहित संक्रमितको घर घरमा पुगिरहेका छन। संक्रमित व्यक्ति र उनको परिवारलाई आत्मबल बढाउन परामर्श तथा हौशला दिदै सो टोलीले सो क्षेत्रमा अन्य स्थानीयहरुलाई पनि उनीहरुलाई सहयोग गर्न आग्रह गरिरहेको छ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकास अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल ,नगर प्रवक्ता , वडा नं ७  का सदस्य  गोपी पाठक र सहितको जनप्रतिनिधिको टोलीले वडा नं ७ को विभिन्न स्थानमा होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटघाट गरेका थिए।

नगर प्रमुख प्रकास अधिकारी ले उक्त भेटघाटमा संक्रमित ब्यक्तीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिदै थप कुनै पनी स्वास्थ्य सम्बंधी सहयोगको लागी आफु सदैब तत्पर रहेको जानकारी गराएका थिए भने उपप्रमुख डंगोलले कुनै पनि आपतकालीन सेवा वा सहयोग आवस्यक परेमा नगरपालिका साथमा रहेको बताएकी थिइन्।

(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।