शंखरापुर नगरपालिकामा तीन जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौँ,भाद्र १२। शंखरापुर नगरपालिकामा तीन जना कोरोना संक्रमित थपिएका छन ।पिपुल्स लाइफ कियर अस्पताल साँखुमा पि.सि.आर परिक्षण गराउँदा शंखरापुर नगरपालिका वडा नं. ६ मा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइले जानकारी गराएका छन । हाल उनीहरू होम आइसोलेसनमा बसेको जानकारी गराएका छन् ।
यो संगै शंखरापुरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ भनेको छ कोरोना जितेर फर्कनेको संख्या ६ जना रहेका छन् अन्य संक्रमित हाल उपचारको क्रममा रहेका छन् ।
सौजन्य : शंखरापुर न्युज
तपाइँको प्रतिक्रिया ।