बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा आइसोलेशन केन्द्र तयार हुदै

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा आइसोलेशन केन्द्र तयार हुदै

कपन अनलाइन

काठमाडौं ,भाद्र १०/  निशा बराल

बुढानिलकण्ठ नगरपालिकाले वडा नं २ मा आइसोलेसन केन्द्र निर्माण शुरु गरेको छ।

बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा पनि कोभिड-१९का बिरामीहरू दिनानुदिन देखा परेको र उपत्यकाका अस्पतालमा पनि आईसोलेसन कक्ष खाली नभएको हुदा यसै क्षेत्रका संक्रमितहरूलाई सुबिधा दिन बिएमसीए विद्यालय हातामा रहेको छुट्टै ५ कोठे भवनलाई आईसोलेसन केन्द्र  निर्माण गर्न  लागेको वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन।

आईसोलेशन निर्माण तथा ब्यबस्थापन गर्नको लागी नगरकार्यपालिकाको ५५ औ बैठकको निर्णय अनुसार नगरपालिकाको उप प्रमुख रमा देबी राईको संयोजकत्वमा  रहेको टोलीले  उक्त क्षेत्रको निरिक्षण गरेको थियो  ।

बुढानिलकण्ठ नगरपालिकामा  होम आइसोलेसनलाई ब्यबस्थित गर्न वडा अध्यक्ष वा नि ले तोकेको वडा सदस्यको संयोजकत्वोमा रहने गरि तिन सदस्यको ब्यबस्थापन समिति निर्माण गर्न लागेको हो।

एक संक्रमित बराबर एक ब्यबस्थापन समिति निर्माण गर्न लागिएको हो। तेही समितिको अन्य दुइ सदस्य मा एक जना स्वस्थकर्मी र एकजना संक्रमितको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने भएको छ।

त्यस्तै  होम आइसोलेशनमा रहेको संक्रमितलाई नगरपालिकाको पोषण सुरक्षा बापत रु ४००० उपलब्ध गराउने व्यवस्था भएको छ भने  एक भन्दा बढी संक्रमित भएको परिवारलाई पोषण सुरक्षा बापत एकमुस्ट रु ६००० प्रधान गरिने भएको छ भने संक्रमित को सहयोगीलाई प्रोत्साहन स्वोरुप प्रति परिवार रु २००० दिने निर्णय गरिएको छ।

कोभिड  -१९ को कारणले गर्नुपरेको निषेधाज्ञाको समयमा नगरपालिका भित्र खटिने प्रहरीहरुलाई प्रति व्यक्ति रु १०००, स्वस्थ सुरक्षामा खटिएका  पहिलो घेराका स्वस्थकर्मीलाई ७५% तथा कार्यालयको आबश्यकता अनुसार खटिनु हुने अन्य कर्मचारीलाई ५०% प्रोत्साहन भत्ता दिने निर्णय भएको हो।

त्यस्तै भाद्र ९ गते  नगरपालिकाका विभिन्न  वडाहरुमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका र जोखिम क्षेत्रमा काम गर्ने  महानुभावहरुलाई पीसीआर परिक्षण गरिएको छ।

( निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।