कोरोना रोकथामका लागि नागरिकहरु आफै सचेत हुन आवश्यक छ : उप प्रमुख बिन्दु पुडासैनी सिंखडा (कागेश्वोरी मनोहरा नगरपालिका)

कोरोना रोकथामका लागि नागरिकहरु आफै सचेत हुन आवश्यक छ : उप प्रमुख बिन्दु पुडासैनी सिंखडा (कागेश्वोरी मनोहरा नगरपालिका)

कपन अनलाइन

काठमाडौं,भाद्र १०। कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाको क्षमताले भ्याए सम्म प्रभाबकारी काम गरिरहेको उप प्रमुख बिन्दु पुडासैनी  सिंखडाले बताएकी छिन् । नगरपालिकाले समन्वय गरेको मूलपानी नगर अस्पतालमा ६५ जना क्षमता भएको आइसोलेसन सञ्चालनमा  रहेको जानकारी गराउदै । बाँकी रहेका कोरोना संक्रमितलाई त्यहाँ राखिएको छ। बिरामीको चाप बढ्दै जाँदा अस्पतालको क्षमता बढाएर १०० शैय्या बनाउने तयारी सुरू गरिएको  उनले बताइन ।

सो अस्पतालमा कोभिडका बिरामीलाई मात्र जाँच्ने व्यवस्था मिलाइएको जानकारी गराउदै नगरपालिकाले डेडिकेटेड एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको उनले जानकारी गराइन ,नगरमा कसैलाई कोरोना संक्रमण भए, आइसोलेसन सम्म आउनुपरे सोहि एम्बुलेन्स प्रयोग  गर्ने गरेको पनि जानकारी गराइन ।

उनले केहि दिन अघि मात्र सामाजिक सुरक्षा मन्त्रालय बाट उक्त नगर अस्पताल सहित नगरपालिकाले कोरोना रोकथामका लागि गरेका कार्यको अनुगमन गर्दा राम्रो तयारी गरेको प्रतिक्रिया पाएको पनि जानकारी गराइन।बिरामीको संख्या बढ्दै जाँदा होम आइसोलेसनलाई  प्राथमिकतामा  राखेर  होम आइसोलेसन बस्नेहरूको नियमित रिपोर्टिङ गरिरहेको जानकारी गराइन। स्वास्थ्य जाँच गरी रिपोर्ट बनाउने, स्वाब लिने काममा स्वास्थ्यकर्मी परिचालन गरिरहेको पनि उनले बताइन ।

उनले थप आइसोलेसन वार्ड निर्माणको लागि घर समेत भाडामा लिएको जानकारी  गराइन। सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताइन  ।उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ-आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेकी छिन ।

उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका छिन्।  उनले नगरपालिका भित्र दुइ वटा बर्थिंग सेन्टर सबै सुरक्षा उपाय अपनाएर संचालनमा ल्याईरहेको पनि बताइन ।उनले कोरोनाका कारण न्यायिक समितिका कामहरु रोकेको जानकारी गराउदै कोरोना संक्रमितलाइ समाजले हेर्ने  दृष्टिकोणमा समेत परिवर्तन  हुनुपर्नेमा जोड  दिएकी छिन । उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न , संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।