बुढानिलकण्ठ नगरपालिकामा एकै दिन ५१४ जनाको PCR परिक्षण,तिन जनामा संक्रमण देखियो

बुढानिलकण्ठ नगरपालिकामा एकै दिन ५१४ जनाको PCR परिक्षण,तिन जनामा संक्रमण देखियो

कपन अनलाइन

काठमाडौं ,भाद्र १०।

बुढानिलकण्ठ नगरपालिकाले पोलिमेयर चेन रियाक्सन चेन (PCR ) परिक्षणलाई तिव्रता दिएको छ। नगरपालिकाको ५५ औ कार्यपालिका बैठक बाट ५० बेडको आइसोलेसन केन्द्र निर्माण तथा अग्र मोर्चाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाले भाद्र ९ गते ५ सय १४ जनाको परिक्षण गरिएको थियो।

संक्रमितको शंख्या बढे संगै परिक्षणलाई तिव्रता दिएको बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३,८,१० र ११ मा परिक्षण गरेको छ भने अन्य वडाहरुमा पनि निरन्तर जारी राख्ने जानकारी दिएको छ।

भाद्र ९ गते वडा नं ३ मा १४९,वडा नं ८ मा १३१, वडा नं १० १४१ र वडा नं ११ का ९३ जनाको PCR परिक्षण गरिएको छ।

त्यस्तै भाद्र ९ गते बुढानिलकण्ठ नगरपालिकाका तिन जनामा कोरोना संक्रमण देखिएको छ।कोरोना पोजेटिभ देखापर्नेहरुमा बुढानिलकण्ठ १० शिव मन्दिर नजिकै बस्ने २३ वर्षीय  महिला, बुढानिलकण्ठ १० आकासेधारा बस्ने ४० पुरुष र बुढानिलकण्ठ २ सुन्दरटार बस्ने १८ महिला रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।