टेन्डर आव्हान नियमित प्रक्रिया भएको नबुझ्दा गलत सन्देस प्रवाह गरियो: बैकुण्ठ प्रसाद सापकोटा(प्रमुख प्रशासकीय अधिकृत बुढानिलकण्ठ )

टेन्डर आव्हान नियमित प्रक्रिया भएको नबुझ्दा गलत सन्देस प्रवाह गरियो: बैकुण्ठ प्रसाद सापकोटा(प्रमुख प्रशासकीय अधिकृत बुढानिलकण्ठ )

कपन अनलाइन 

काठमाडौं ,भाद्र ९।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले टेन्डर आव्हान नियमित प्रक्रिया भएको नबुझ्दा गलत सन्देस गएको बताएका छन।प्रदेस सभा सदस्य निरौलाको संयोजनमा भएको  बुढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्यहरुको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले उक्त विचार व्यक्त गरेका हुन।

सधै आर्थिक वर्षको अन्तिममा मात्र टेन्डर आव्हान र निर्माणका काम हुने कामचलाउ प्रवृतिको अन्त्य गर्दै तालिका बनाएर विकास कार्यलाई अगाडी बढाउने बुढानिलकण्ठ नगरपालिकाको निर्णय अनुसार विभिन्न योजनाको टेन्डर आव्हान गर्दा यति धेरै चर्चा हुन् आवस्यक नरहेको भन्दै सापकोटाले भाद्र र असोज महिनामा चार दर्जन भन्दा बढी योजनाको टेन्डर आव्हान गर्ने तयारीमा रहेको जानकारी दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा स्वाब संकलन, कन्ट्याक्ट ट्रेसमा अन्य नगरपालिकामा भन्दा बढी नै भएको जानकारी दिदै सापकोटाले प्रकोप नियन्त्रण र रोकथामका लागि जनप्रतिनिधि र कर्मचारीहरुको समन्वयमा योजना बनाएर अगाडी बढेको बताएका थिए।

हाल कोभिडको कन्ट्याक्ट ट्रेसिङ निरन्तर रहेको  र कोरोनाको चाप बढेको हुँदा आइसोलेसन निर्माणका लागि अगाडी बढेको बताउदै सापकोटाले नगरपालिकाको विकास प्रक्रियालाई पनि नियमित रुपमा लैजान सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको जानकारी गराएका थिए। उक्त बैठकमा प्रदेस सभा सदस्य निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल , उपप्रमुख रमा राई,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

फोटो सौजन्य : परिवर्तन खबर

 

तपाइँको प्रतिक्रिया ।