कोरोना कहरको बिच उद्धार उडान उचित वा अनुचित ?
कपन अनलाइन
काठमाडौं ,भाद्र १ /सुमित्रा लुईटेल
कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको र पछिल्लो समय नेपालमा समेत यसको प्रभाव बढ्दै गएको छ ।सरकारले नेपाली राजदूतावास, कूटनीतिक नियोग र संघसँग सहकार्य गरी अलपत्र परेका कामदारलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ । विश्वव्यापी म’हामारी कोरो’ना भा’इरसका कारण लक’डाउन जारी भएपछि विदेशमा अलपत्र नेपालीलाई कामदारकै पैसामा फर्काइरहेको छ ।
सरकारले विदेशमा अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउने निर्देशिका समेत तयारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई हजार पाँचलाई निःशुल्क फिर्ता गराउन निवेदन दिएका छन् । अलपत्र नेपालीलाई विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।
सरकारले दैनिक ५ सयलाई मात्रै स्वदेश फर्काइरहेको छ । सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो । दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले फर्कन चाहेका कामदार आउन पाएका छैनन ।
विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने गैरआवासीय नेपालीले जनाएको छ ।एउटा हिसाबले हेर्दा विदेशमा अलपत्र परेका नेपालीलाई आफ्नो देश फिर्ता ल्याइनु राम्रो कुरा हो तर उध्दार गरिएको नेपालीलाई क्वारनटाइनको उचित व्यवस्था र पिसिआर टेस्टको राम्रो पहुँच छ त ? त्यसमा सरकारको ध्यान जानु अत्यन्त जरूरी छ ।
अन्य देशको तुलनामा अलपत्र परेका नागरिकको उध्दारमा पनि ढिलाई भइरहेको छ। सरकारले पछिल्ला दिनमा भारत र तेस्रो मुलुकबाट नागरिक ल्याइरहेको छ। तर ती नागरिक व्यवस्थापनमा चुनौती थपिँदैछ। सही व्यवस्थापन नभएमा ती नागरिकबाट गाउँबस्तीमा कोरोना फैलने उत्तिक्कै जोखिम छ। लाखौँ युवाहरु रोजगारी छाडेर विदेशबाट फर्किएका छन्। नेपालमै भएका पनि कयौँको रोजगारी गुमेको छ।
ती युवाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सरकारको तयारी कतिको पर्याप्त छ?भारत बाट करिब २ लाख नेपाली स्थलगत बाटो हुदै फर्किएको अनुमान छ।यतिखेर भारतमा कोरोना भाइरस संक्रमण निकै तेज गतिमा बढिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। नेपालमा चैत्र ११ बाट भएको लकडाउन अहिले हटेको छ ।
लकडाउन अवधि भरि छिमेकी राष्ट्र भारतको विभिन्न नाकाबाट थुप्रै नेपाली स्वदेश फर्किए उनिहरूको लागी न उचित क्वारान्टाइनको व्यवस्था भयो, नत कोरोना टेस्ट उनिहरू क्वारान्टाइन नबसी सिधै आफ्नो घर गए ।
खुल्लमखुल्ला नाका बाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु पनि कोरोना तिव्र रूपमा समुदायमा फैलिनुका विभिन्न कारण मध्यका एक कारण हुन् भन्ने कुरालाई नकार्न सकिदैन ।
(सुमित्रा लुईटेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )