बुढानिलकण्ठ नगरपालिका भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हट्यो

बुढानिलकण्ठ नगरपालिका भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हट्यो

कपन अनलाइन

काठमाडौं श्रावण ३२ । बुढानिलकण्ठ नगरपालिका भदौ १ देखि नगरपालिकाभित्र रहेका विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । विश्व ब्यापी महामारीको रुपमा  फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर  नगरपालिका क्षेत्रमा समेत बढिरहेको हुँदा बिध्यालय संचालन गर्ने निर्णय बाट पछि हटेको हो ।

‘अवस्था सामान्य बन्दै गएमा नगरपालिका भित्रका विद्यालय भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेका थियौँ,’ ‘अहिले दिनहुँ कोरोना संक्रमित भेटिँदै गएको छ। यो अवस्थामा विद्यालय सञ्चालन गर्न  नसकिने हुँदा बिज्ञप्ति जारि गरि सम्बन्धित सरोकारवाला सबैलाई जानकारी गराएको   शाखा अधिकृत इन्द्र दाहालले जानकारी गराए  ।

बिज्ञप्तिमा  नगरपालिकाको मिति २०७७/०४/ १३ तथा २०७७ /४ / १९ मा  बिध्यालयहरु मिति २०७७ भाद्र १ गते देखि संचालनको व्यवस्थाका लागि निर्देशन सहित परिपत्र   गराइएकोमा हाल काठमाडौं जिल्ला तथा बुढानिलकण्ठ नगरपालिकामा कोरोना भाइरसका बिरामीहरु बढिरहेकोले  जन स्वास्थ्यको संबेदनशीलतालाइ ध्यानमा राखी बिध्यालयहरु अर्को सुचना प्रकाशित नहुन्जेल  सम्मका लागि हाललाइ बन्द नै राखी बैकल्पिक बिधि बाट कक्षा संचालनको व्यवस्था गर्न हुन साथै बिध्यालयहरुले आफ्ना बालबालिका तथा अभिभावकहरुलाई  स्वास्थ्य  सुरक्षात्मक उपाय अपनाई घर भित्रै बस्नको लागि परिपत्र गर्नको लागि अनुरोध समेत गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।