कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बिज्ञहरुले अध्ययन थाले

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बिज्ञहरुले अध्ययन थाले

कपन अनलाइन

काठमाडौं ,साउन ३२।

बुढानिलकण्ठ नगरपालिकाले कपन क्षेत्रमा देखिएको डुवान समस्या सामाधानका लागि अध्ययन शुरु गरेको छ। अव्यवस्थित बस्ति विकासका कारण यज्ञमति र चखुंचा खोलाले बाढीको विनास सिर्जना गरे संगै पिडा भोग्दै आएका कपनवासीको समस्या समाधानका लागि नगरपालिकाले पुल्चोक इन्जिनियरिंग क्याम्पसका प्रतिनिधिहरु संग छलफल गरेको छ।

शहरी बाढी नियन्त्रण विषयमा बिद्यावारिधि गरेका पुल्चोक इन्जिनियरिंग  क्याम्पसका प्रा. डा .सुरज लामीछानेको नेतृत्वमा रहेको टोलीले कपन क्षेत्रको साततले -आनीगुम्बा क्षेत्रको ढल र सडक क्षेत्रको प्रारम्भिक अवधारणा प्रस्तुत गरेको थियो।

प्रारम्भिक अध्ययन थालेको उक्त टोलीले सो क्षेत्रको स्थलगत अध्ययन गरेर समस्या समाधानका विकल्पहरुका वारेमा नगरपालिकालाई सुझाव दिनेछ।

पुल्चोक इन्जिनियरिंग  क्याम्पसकाका प्रतिनिधिहरु संगको छलफलमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले कपन क्षेत्रमा वर्षातको समयमा बाढीको समस्या निकै गम्भीर रहेको बताउदै त्यसको समाधानको दिगो उपाय खोज्नका लागि आग्रह गरेका थिए।

ढल विस्तार गर्दा समेत डुवान समस्या समाधान गर्न नसकेको अवस्था रहेकोले भौगोलिक अवस्थाको सुक्ष्म अध्ययन गरेर सुझाव दिन आग्रह गर्दै नगरप्रमुख खरेलले बिज्ञहरुको सुझाव अनुसार नगरपालिकाले योजना बनाउने जानकारी गराएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।