लायन्स क्लब इन्टरनेसनल लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ जोन १६को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

लायन्स क्लब इन्टरनेसनल लायन्स क्लब  डिस्ट्रिक ३२५ ए१ जोन १६को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौं, श्रावण ३२। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को  डिस्ट्रिक गभर्नस फर्स्ट एडभाइजरी कमिटि मिटिंग   सम्पन्न भएको छ। श्रावण ३० गते शुक्रबार फ्रेन्डशिप क्याफे  काठमाडौंमा सम्पन्न उक्त होस्ट क्लबको रुपमा लायन्स क्लब अफ काठमाडौं  कपन रहेको   कार्यकमको अध्यक्षता जोन चियरपर्सन लायन देबेन्द्र  थापाले  गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, रहेका थिए भने  बिशेष अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ  , क्याबिनेट सेक्रेटरी   लायन बिमल श्रेष्ठ . क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब ,   जी एम टि  लायन धर्म शरण श्रेष्ठ,  टीम एरिया लिडर लायन महेश श्रेष्ठ, एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट,   लायन उमेश ढुंगाना, लायन  ठण्डराज ठकुरी (राजन) जोन XVI रिजन VIII र एरिया IV अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं कपन ,लायन्स क्लब अफ काठमाडौं युनाइटेड ग्रुप, लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी , लायन्स क्लब अफ  बुढानिलकण्ठ गोल्फुटार र लायन्स क्लब अफ काठमाडौं जर्नी सहितका क्लब सम्मिलित  पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं  जर्नीकि प्रेसिडेन्ट लायन रोजिना बिष्ट( रोज)ले झण्डाको अभिवादन बाचन  गरेकी थिइन् ।कार्यक्रममा जोन चियर पर्सन लायन   देबेन्द्र थापाले  स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा जोन जोन XVI अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल  गरिएको थियो।  कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादबले क्लबले तिर्नु पर्ने ड्युजको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा  एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, क्याबिनेट सेक्रेटरी लायन बिमल श्रेष्ठ, टिम एरिया लिडर लायन महेश श्रेष्ठ  लगायतके शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लगायतले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन समेत उनले अनुरोध गरेका थिए । नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त  गरिएको थियो  ।कार्यक्रममा टिम एरिया लिडर लायन महेश श्रेष्ठलेल अब्जरभेसन  रिमार्क्स दिएका थिए।कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाडौं कपनका प्रेसिडेन्ट लायन कुमार खड्काले धन्यबाद ज्ञापन गरेका  थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।