शंखरापुर नगरपालिका वडा नं  ६ र ७ को संयुक्त सुचना

शंखरापुर नगरपालिका वडा नं  ६ र ७ को  संयुक्त  सुचना

कपन अनलाइन

काठमाडौं, श्रावण ३२। शंखरापुर नगरपालिका वडा नं  ६ र ७ ले संयुक्त रुपमा सार्वजनिक सुचना जारि गरेको छ  ।वडा अध्यक्ष द्वय बिष्णु प्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठको संयुक्त हस्ताक्षर गरेको उक्त सुचनामा  केहि महिना देखि विश्व ब्यापी महामारीको रुपमा फैलिदै  गइरहेको  कोरोना १९ हाल शंखरापुर वडा  नं ६ र ७ मा देखिएकोले सो रोग संक्रमण समुदायस्तरमा फैलिन सक्ने अवस्था देखिएको हुँदा मिति २०७७ साल श्रावण ३१ गते   शनिबार बेलुकी ९ बजे देखि अर्क्प सुचना जारी नभए सम्मको लागि सम्पूर्ण वडा बासिहरुलाई निम्न नियम पालना गर्न तथा गराउनको लागि अनुरोध गरिएको छ ।

१) वडा कार्यलय भित्र रहेका होटल रेस्टुरेन्ट एबं बार सैलुन ब्युटीपार्लर पूर्णरुपमा बन्द गर्ने

२)  वडा भित्र कुनै भेला. भोज सामुहिक रुपमा हुने कार्यक्रम बन्द गर्ने

३) अति आवश्यक पसल तथा कार्यहरु सामाजिक दुरी कायम गरि सुरक्षाका मापदण्ड अपनाएर मात्र गर्ने

४) जिल्ला बाहिर बाट  यस वडाहरु भित्र बहालमा बसिरहेका ब्यक्तिहरु आएमा घरधनिहरुले ब्यक्तिहरुको बिवरण सहित वडामा जानकारी  गर्न

५) सो सूचनालाई बेवास्ता गरि माथि उल्लेखित भन्दा अन्य कार्यहरु गरिएमा प्रचलित कानुन बमोजिम सजाय हुने

 साथै सोहि स्चुह्नामा कोभिड १९ लाइ परास्त गर्न सम्पूर्ण वडाबासीहरुको साथ सहयोगको पनि अपेक्षा  गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।