गोकर्णेश्वर नगरपालिका भदौ १ गते बाट बिध्यालय संचालन गर्ने निर्णय बाट पछि हट्यो

गोकर्णेश्वर नगरपालिका भदौ  १ गते बाट बिध्यालय संचालन गर्ने निर्णय बाट पछि हट्यो

कपन अनलाइन

काठमाडौं, श्रावण ३२  । गोकर्णेश्वर नगरपालिका भदौ १ देखि नगरपालिकाभित्र रहेका विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । विश्व ब्यापी महामारीको रुपमा  फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर  नगरपालिका क्षेत्रमा समेत बढिरहेको हुँदा बिध्यालय संचालन गर्ने निर्णय बाट पछि हटेको नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले जानकारी गराए ।

 ‘अवस्था सामान्य बन्दै गएमा नगरपालिका भित्रका विद्यालय भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेका थियौँ,’ ‘अहिले दिनहुँ कोरोना संक्रमित भेटिँदै गएको छ। यो अवस्थामा विद्यालय सञ्चालन गर्न  नसकिने हुँदा बिज्ञप्ति जारि गरि सम्बन्धित सरोकारवाला सबैलाई जानकारी गराएको  उनले बताए ।

 गत साउन १६ मा नगरप्रमुख सन्तोष चालिसेको अध्यक्षतामा प्याब्सन, एन–प्याब्सन शिक्षक र अभिभावक सहभागी बैठकले भदौ १ देखि स्वस्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सामाजिक संजालमा ब्यापक बिरोध समेत भएको थियो भने सो निर्णय कार्यन्वयन नगर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले समेत नगर  प्रमुख सन्तोष चालिसेलाइ ज्ञापन पत्र बुझाएको थियो ।

तपाइँको प्रतिक्रिया ।