रामेछापमा दोरम्बा हत्याकाण्ड भएको सत्र वर्ष पुरा

रामेछापमा दोरम्बा हत्याकाण्ड भएको सत्र वर्ष पुरा

कपन अनलाइन

काठमाडौं ,साउन ३२।

रामेछाप जिल्लाको  डाँडाकटेरीमा दोरम्बा हत्याकाण्ड भएको सत्र  वर्ष पूरा भएको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जनाडा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोली र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीका बीच दाङको हापुरेमा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको एजेन्डामाथि छलफल चल्दै गर्दा रामेछापमा यो हत्या काण्ड भएको थियो।

दोरम्बा हत्याकाण्डमा सहादत प्राप्त गरेका बाईस जना ध्ये बाबुराम तामाङ ‘पुष्प’ रामेछाप जिल्ला जनसरकारका प्रथम प्रमुख थिए । वि.सं. २०१६ सालमा रामेछाप जिल्लाको बेथान गाविसस्थित भलवाडीमा जन्मेका बाबुराम २०३६ सालदेखि नै निरन्तर कम्युनिस्ट आन्दोलनमा लागी जनयुद्धको पहलकदमी देखि नै सक्रियतापूर्वक युद्धमा होमिएका थिए ।

दोरम्बाका अरु सहिदहरुमा अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, युवराज मोक्तान, लिला मोक्तान, चतुरमान थामी, सोमई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायत रहेका थिए ।फोटो सौजन्य :दीपशिखा सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।