कोरोना संक्रमित देखिए संगै चावहिल चुच्चेपाटी क्षेत्र सिल

कोरोना संक्रमित देखिए संगै चावहिल चुच्चेपाटी क्षेत्र सिल

कपन अनलाइन

काठमाडौं ,साउन ३२।

कोरोना संक्रमित देखिए संगै चावहिल चुच्चेपाटी क्षेत्र सिल गरिएको छ। एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछी सो क्षेत्र १० दिनका लागि सिल गरिएको हो।

साउन २९ गते सम्म काठमाडौं महानगरपालिकामा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०/१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् । वडा १८, १९, २० र २१ मा मा १/२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ३३ जना संक्रमितको संख्या देखिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।