विद्यालय सन्चालन गरे प्रधानाध्यापक र अध्यक्षलाई कारबाही गरिने

विद्यालय सन्चालन गरे प्रधानाध्यापक र अध्यक्षलाई कारबाही गरिने

कपन अनलाइन

ताप्लेजुंग ,साउन २९/अमृता नेपाली  

हाल कोभिड – १९ को सङ्क्रमणदर तिब्र रुपमा बढी रहेको बेला ताप्लेजुङको स्थानीय प्रसासन संक्रमण नियन्त्रण कार्यमा थप कठोर बन्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सार्बजनिक सूचना जारी गर्दै जिल्ला भित्र सङ्क्रमण फैलिन नदिनलाई नियन्त्रण तथा ब्यबस्थापनका लागि कठोर बनेको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा जिल्ला भित्र अर्को सूचना नआए सम्म सबै शैक्षिक सस्था अर्थात बिद्यालय सन्चालन गर्ने र गराएको पाइएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यब्स्थापन समिति का अध्यक्षलाई जिम्मेवार ब्याक्तीको रुपमा कारबाही गरिने उल्लेख गरिएको छ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।