उत्तर बाहिनी कान्ति भैरब गुरुकुल गोकर्णेश्वर ४ मा लायन्स क्लबको खाद्यान्न सहयोग

उत्तर बाहिनी कान्ति भैरब गुरुकुल गोकर्णेश्वर ४ मा लायन्स क्लबको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं, श्रावण २९ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को लायन्स क्लब अफ काठमाडौं गौतम बुद्द र लायन्स क्लब अफ काठमाडौं काइन्डनेसले हंगर रिलिफ कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं गौतम बुद्दका चाइल्ड केयर चियरपर्सन  तथा सोहि क्लबकि फर्स्ट लेडी लायन रोसिला अधिकारी धितालको जन्म दिनको अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी कान्ति भैरब मन्दिर परिसरमा रहेको उत्तर बाहिनी कान्ति भैरब गुरुकुल बेद बिध्यश्रममा अध्ययनरत बिद्यार्थी तथा गरूहरुलाई  आवश्यक खाद्यान्न मा चामल दाल, तेल नुन, तरकारी लगायतको खाद्यान्न  हस्तान्तरण गरेको  डिस्ट्रिक हंगर रिलिफ चियर पर्सन  लायन कुमार बाबु शिवाकोटीले जानकारी गराए ।

उक्त  कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर  श्रेष्ठ , लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, जोन चियर पर्सन लायन  भिन्तुना मल्ल, लायन्स क्लब अफ काठमाडौं काइन्डनेसका चार्टर प्रेसिडेन्ट लायन आशिष केसी,  क्लब प्रेसिडेन्ट लायन नवराज धिताल,लगायत लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।