कागेश्वरी मनोहरा नगरपालिकाले संघिय सरकारको निर्णय पश्चात मात्र बिध्यालय खोल्ने
कपन अनलाइन
काठमाडौँ, श्रावण २८। कागेश्वरी मनोहरा नगरपालिक को कार्यपालिका बैठकले शिक्षा समितिको सिफारिसमा यस नगरपालिका मा संचालित सामुदायिक बिध्यालय र संस्थागत बिध्यालयलाई कोभिड १९ का कारण बिध्यार्थीहरूको पठन पाठनमा पर्न गएको प्रभाब लाई मध्यनजर राख्दै यस बिषम परिस्थितीमा सामुदायिक र संस्थागत बिध्यालय संचालन सम्बन्धि निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।
उनले
१- शैक्षिक सत्र २०७७ को लागी बिध्यार्थी भर्ना/अभिलेखीकरण गर्ने कार्य उपत्यका भित्र हाल बसोबास गर्नेको हकमा २०७७ भाद्र मसान्त सम्म गरिसक्नु पर्ने साथै IEMIS अपडेट गर्ने र हाल उपत्यका बाहिर रहेका बालबालिकालाई भाद्र मसान्त पछि पनि भर्ना गर्न सकिने ।
२- बिध्यालय संचालन सम्बन्धमा COVID 19 को कारण संघिय सरकारको निर्णय पश्चात मात्र बिध्यालय खोल्ने संघिय सरकारको निर्णय नआउन्जेल यस नगरपालिकामा संचालनमा रहेका बिध्यलयहरूले भर्ना भएका बिध्यार्थीहरू लाई बैकल्पिक माध्यम बाट सिकाई गर्नु पर्ने ।
३- बैकल्पिक माध्यम बाट बिध्यार्थी लाई सिकाई गरे बापत संस्थागत बिध्यालय हरूले गत बर्षको शुल्कमा नबढाई मासिक ट्यूशन फि को मात्र ५० प्रतिशत बैकल्पिक शिक्षा लिने सहभागी बिँध्यार्थी हरू संग लिन सक्ने ।
४- संस्थागत बिध्यालयले बैकल्पिक शिक्षा बापत लिएको खर्चको बिवरण शिक्षक कर्मचारीको तलब, घर भाडा र बैकल्पिक माध्यम बाट पठन पाठन गराउदा भएको खर्चको बिवरण नगरपालिकाको शिक्षा शाखामा आम्दानी र खर्चको बिवरण पेश गर्नु पर्ने निर्णय समेत भएको जानकारी गराए ।