बुढानिलकण्ठ नगरपालिकामा पत्रकार भएर गएको दिन
कपन अनलाइन
काठमाडौं ,साउन २६/विवेक पनेरु
भनिन्छ मानिसको जीवन एउटा अनुभवको भण्डार हो ।मानिसले जन्मिए देखि मृत्युबरण नगर्दा सम्म केहिन केही ज्ञान, अनुभव अनुसरण गरिरहेको हुन्छ। हामीले सधै केहिन केहि नँया कुरा सिक्न खोजि रहेको हुन्छौ। येस्तै सिलसिलामा मलाइ पनि मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित सुशासन र समृद्धिको लागि संचार नामक सात दिने पत्रकारिता तालिममा जाने अवसर प्राप्त भयो।त्यस सात दिनमा मैले आफुलाई नया ढंगले अनुभव गरे।
नेपालकै ठुला तथा नाम चलेको पत्रकारिता प्रसिक्षकको अनुभव, सिप आफुले ज्ञानको रुपमा आर्जित गर्न पाउदा आफुलाई गौराम्भित महसुस हुदोरहेछ। म एउटा बि.बि.ए पढी रहेको विद्यार्थी, त्यसैले पत्रकारिता क्षेत्रबाट टाढानै थिए। मेरो सोच त कुनै एउटा ठुलो बैंक अथवा संस्थाको म्यानेजर बन्ने थियो तर मेरो सोच विचार पत्रकारिता तालिमले पूर्ण रुपमा बदलिदियो।
पत्रकारिता भनेको देश र समाजलाइ नभई नहुने एउटा प्रमुख क्षेत्र रहेछ भन्ने आभास भयो। पत्रकारिता तालिम मेरो लागि एउटा बेग्लै अनुभव थियो येस्तै प्रशिक्षणको सिलसिला चलिरहदा हाम्रो लागि छैटौ दिन केहि नया र बेग्लै भयो।
हामीलाई पत्रकारको रुपमा समूह बनाएर आफ्नो नगरपालिकाको अध्ययन तथा भ्रमण गर्न पठाइएको थियो। त्यस दिन म साधारण सर्बसाधारण नभई एउटा पत्रकारको रुपमा गएको थिए। एउटा साधारण मानिस पत्रकारको रूपमा नगरपालिका छिर्न पाउदा गौरवान्वित महसुस भएको थियो ।
आफुमा एउटा छुट्टै उत्साह र उमङ्गको बास भएको थियो। मनमा कौतुहलताको साथ कसलाई के प्रस्न सोध्ने कसलाई भेट्ने जस्ता कुरा उठी रहेको थियो। हामी बुढानिलकण्ठ नगरपालिकामा १२ जनाको समूह बनेर पत्रकारको रुपमा गएका थियौ। सरकारी कार्यलय , त्यही माथि मानिसको भिड भैराख्ने साथ साथै कोरोनाको महामारी त्येस्तो अवस्थामा पक्कै हामीलाई पनि सहज परिस्थिति थिएन। हामीले सबैलाई काम बाडेका थियौ ।
नगर प्रमुख, उपप्रमुख साथै योजना शाखा प्रमुखलाइ के सोध्ने ?कसले सोध्ने? कसले टिपोट गर्ने ? कसले भिडियो लिने? सबै योजना बनाएको थियौ। त्यसपछि हामी प्रसासकिय अधिकृतकोमा गयौ र आफुले तयार गरेको प्रस्न सोध्न सुरु गर्यौ। पहिलो प्रस्न गर्न मबाट सुरु भयो ।त्यो मलाई एउटा नया अनुभब थियो। हामीले प्रस्न सोध्न सुरु गर्दा अधिकृत ज्युले केहि मलिन अनुहार लगाउनु भएको थियो।सायद हातमा कपि कलम साथमा क्यामेरा देख्दा केहि अत्तालिएको हुनुपर्दछ। त्यसबेला पत्रकार कति शक्तिशाली हुन्छ भन्ने मैले आभास गरे र आफु एउटा सफल पत्रकार हुने प्रण गरे।
त्यस लगत्तै हामी न्याइक इजलासको अबलोकन र न्याइक इजलाश गर्ने पक्रिया हेर्यौ अनि हामी नगर प्रमुख उद्दब खरेल ज्युसँग उहाको अन्तरबार्ता लिन बस्यौ। त्यस दिन हामी एउटा पत्रकारको हैसियतले नगरप्रमुखको अगाडी थियौ। शालीन व्यक्तिव भएका नगरप्रमुख ज्युले हाम्रो प्रस्नको उत्तर तार्किक हिसाबले दिइराख्नु भएको थियो।
उहाले नगरपालिकाको नीति नियम, योजना तथा कार्यक्रमको बृस्तृत रुपमा हामीलाई बताउनु भएको थियो। करिब एक घन्टाको अन्तरक्रियामा हामीले नगरपालिका बारे धेरै बुज्ने र सिक्ने मौका पायौ।यसका साथै नगरप्रमुख ज्युले बुढानिलकण्ठ नगरपालिकाले सधै पारदर्शिता र सुशासनलाइ अगाडी राखेर काम गर्ने प्रण गर्नुभयो। हामी सबैले आफ्नो काम बाडेको हुनाले केहि साथी नगर उपप्रमुख तथा केहि योजना शाखामा गएर नगरपालिकाबारे सम्पूर्ण जानकारी लिएर पछि रिपोर्ट तयार गरेका थियौ।
यसरि एउटा प्रशिक्षार्थी पत्रकार भएर हामीले आफुले सिकेको पत्रकारिता तालिमलाई ब्यवहारमा परिणत गर्यौ। पत्रकारिता भनेको देश र समाजमा भएको घटनालाइ कलात्मक रुपमा प्रस्तुत गर्ने माध्यम रहेछ भनेर नया अनुभब बटुल्ने मौका पायौ।
यसको लागि मदन भण्डारी फाउन्नडेसनलाइ धन्यबाद दिन चाहन्छु। साथसाथै मदन भण्डारी फाउन्डेसन द्वारा गराइएको पत्रकारिता तालिमले हामी जस्तो युवा पिढीलाई पत्रकारितामा भविष्य छ भनेर एउटा बाटो देखाएको आभास भएको छ।
(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )