लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ जोन xxxiiको डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न
कपन अनलाइन
काठमाडौं श्रावण २५ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न भएको छ। श्रावण २३ गते शुक्रबार रामेश्वरम होटल काठमाडौंमा सम्पन्न उक्त होस्ट क्लबको रुपमा लायन्स क्लब अफ काठमाडौं डाइभरसिटि रहेको कार्यकमको अध्यक्षता जोन चियर भरत शर्मा एम जे एफले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ , क्याबिनेट सेक्रेटरी लायन बिमल श्रेष्ठ . क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब माइ एल सी आइ चिफ लायन रमेश लामा, जी एम टि लायन धर्म शरण श्रेष्ठ, एडिसनल क्याबिनेट सेक्रेटरी लायन मंदर शिखर बन्धोपाध्य, , एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा, चिफ गभर्नर्स एड लायन हरि दहाल चिफ इभेन्ट म्यानेजमेन्ट लायन जयराम बिष्ट , लगायत एरिया vii , रिजन xv तथा जोन xxxii अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौ मोडल, लायन्स क्लब अफ काठमाडौं पिपुल्स,, लायन्स क्लब अफ काठमाडौं धापाखेल, पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब काठमाडौं धापाखेलले क्लब सचिब लायन सुनिता कार्की शर्माले झण्डाको अभिवादन बाचन गरेकी थिइन् ।कार्यक्रममा जोन चियर पर्सन लायन भरत शर्मा एम जे एफ ले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा जोन xxxii अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल गरेका थिए । कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादबले क्लबले तिर्नु पर्ने ड्युजको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले विशेषगरी कोभिड–१९ को परिस्थितिले निम्त्याएको चुनौति सामना गर्न कोभिड प्रतिरोधी जनजागरणका लागि तत्पर भई काम गर्न सबै लायन सदस्यहरुलाई आव्हान गरेका थिए । यसै क्रममा उनले समस्यामा परेकाहरुलाई लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए ।
लायन्स क्लबले प्राकृतिक प्रकोपमा उदारमनले सहयोग गर्दै आएको र हालै मात्रै नेपालका लायन्स सदस्यहरुकातर्फबाट नेपाल सरकारलाई करीव ५७ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कुरा स्मरण गराए । उनले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्राप्त हुने करीव ४८ लाख बराबरको पीसीआर टेष्टिङ्ग किटहरु कोभिड केन्द्रित विभिन्न अस्पतालहरुलाई दिइएको पनि जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै डिस्ट्रिकका सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ ले आयोजकलाइ धन्यबाद दिदै डिस्ट्रिक गभर्नरको प्लान पोलिसीलाइ सदैब साथ् दिदै अघि बढ्ने बताए। डिस्ट्रिक गभर्नरको नारा नै टिम भएको हुँदा टिममा मिलेर गरेको काम सफल हुने उदाहरण हामीले गरेका सेवाका कार्य बाट प्रस्ट भएको बताए।लायन्स क्लव सबै जातजाती, भाषाभाषी तथा धर्मावलम्बिहरुको साझा संस्था हो । जसको एउटै मात्रै उद्देश्य समाज सेवा हो । समाज सेवा गर्न चाहनेहरुलाई हामीले जहिले पनि स्वागत गर्ने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको को रुपमा बोल्दै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले लायन्स क्लब इन्टरनेसनल प्रेसिडेन्ट डा जोङ यूल चोय ले यस बर्षको नारा United in Kindness and Diversityतय गरेको जानकारी गराएका थिए उनले कोभिड १९ को माहामारीको कारण इन्टरनेसनल कन्भेन्सन रद्द भएको कारण फर्स्ट भाइस प्रेसिडेन्ट लायन Haynes H . Townsend को असामयिक निधनका कारण वर्ष २०२०/२०२१का पनि प्रेसिडेन्ट भएका डा जोङ यूल चोयको अघिल्लो वर्षको नारा we serve through Diversity र लायन Haynes H . Townsend ले २०२०/२१को लागि कल्पना गरेको नारा Kindness matters को संयोजनमा यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट को नारा United in Kindness and Diversity राखिएको जानकारी गराए। उनले लायन्स क्लब अन्तर्राष्ट्रिय आगामी लायन वर्षका प्राथमिकता कार्यक्रमहरु निम्न रहेको जानकारी गराए ।
उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र डीज्यास्टर रिलिफ, रहेको बताउदै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,ले डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए।
नले TEAM को अर्थ बुझाउंदै
T बाट Tenacious (दृढ)
E बाट Energetic (उर्जावान)
A बाट Adaptable (अनुकुलनीय)
M बाट Maturity ( परिपक्वता) रहेको बताए।
उनले लायन वर्ष २०/२१मा सेवाको कार्य १५ लाख घण्टा गरि १७ लाखजना लाभान्वित हुने गरि कार्य गरिने बताए ।त्यस्तै टोटल MJF टोटल हन्ड्रेड क्याम्पेनमा ५१जना पुर्याउने र NLF मा ३५ जना नया क्लब ३१ वटा र रक्त संकलन १५ हजार पिन्ट , कपि कलेक्सन २ लाख४० हजार र कपडा संकलन ५ हजार जनालाई पुग्ने गरि पनि समेटिएको बताए। त्यस्तै छाला बैंक को कार्य सहित ट्रेनिङ लगायतको कार्य पनि योजनामा समेटिएको बताए ।उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताए।
उनले कोभिड संग जुद्दै सुरक्षित भएर सामाजिक सेवाका हातहरु अघि बढाउन समेत उनले अनुरोध गरेका थिए उनले नेपालमा लायन्स क्लब स्थापा भएको ५० वर्ष पुगेको अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका थिए ।कार्यक्रममा लायन्स क्लब अफ डाइभरसिटिका ट्रेजरर लायन बिष्णु सापकोटाले धन्यबाद ज्ञापन गरेका थिए ।
फोटो : सरोज बस्नेत