भिडभाडका कारण उच्च जोखिममा काठमाडौं महानगरपालिकाका कर्मचारी
कपन अनलाइन
काठमाडौं ,साउन २५ ।
काठमाडौंका विभिन्न स्थानमा कोरोना संक्रमित देख्ने क्रम दैनिक रुपमा निकै बढ्दै गएको छ।काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा क्रोरोना संक्रमित बढे संगै वडा कार्यालय तथा महानगरको विभिन्न शाखामा कार्यरत कर्मचारीहरु पनि जोखिममा परेका छन ।
साउन महिनामा राजस्व ,कर ,शुल्क तिर्न सेवाग्राहीको निकै भिड लाग्ने गरेको अवस्थामा संक्रमणक निकै जोखिम बढेको वडा कार्यालयमा कार्यरत एक कर्मचारीले बताएका छन । अहिले वडा कार्यालयमा सेवा लिने सेवाग्राहीहरुको छाप निकै बढेको र उनीहरुमा आवस्यक सुरक्षा प्रवन्ध नभएकोले संक्रमणको खतरा बढ्दै गएको उनको बुझाइ रहेको छ ।
अहिले काठमाडौं महानगरपालिकामा घर कर ,मालपोत दस्तुर ,व्यवसाय कर तथा विभिन्न सिफारिस लिन आउने स्थानीयका कारण कर्मचारीमा संक्रमण हुन् सक्ने जोखिम बढेकाले त्यसको यस तर्फ सचेत बन्नुपर्ने एक सेवाग्राहीले बताए।
व्यापक जनसम्पर्कमा रहने कर्मचारीहरुमा यदि संक्रमण देखिएको खण्डमा यसले व्यापक रुपमा फैलाउने खतरा बढेको भन्दै उनले उचित सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन ।