नेकपा चम्पादेवीले सचिवालय तथा विभाग गठन गर्यो
कपन अनलाइन
काठमाडौं ,साउन १८।
नेपाल कम्युनिस्ट पार्टी चम्पादेवी गाउँकमिटीको पाचौ विस्तारित बैठकले सचिवालय र विभाग गठन गरेको छ।नेकपा चम्पादेवी गाउँकमिटीका अध्यक्ष खड्ग बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले २५ सदस्यीय सचिवालय र नौ वटा विभाग गठन गरेको हो।
चम्पादेवी गाउँपालिका वडा नं ५ पुरानागाउँमा बसेको कमिटिको ५ औ विस्तारित बैठकले खड्ग बहादुर कार्कि, गणेश कार्की, नर बहादुर घिमिरे, फुलमान मगर, रत्न बुढाथोकी , जय बहादुर लामिछाने , गडुलध्वज राउत, कमल खडका, शान्ति ब बस्नेत , नवराज घिमिरे , किस्न थापा , देविका भुजेल , कुमारी बुढाथोकी ,कमला पोख्रेल , इन्दिरा कार्कि , श्याम पौडेल, मदन माझी, विरेन्द्र मगर , पुर्ण कान्छा गुरुङ , टुल्क तामाङ , गणेश खत्री , शान्ती ब थापा , लिला ब बिक , तेजमान सुनुवार , दिल ब गुरुङलाई सचिवालयमा चयन गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा जिल्ला कमिटिका सदस्य तथा चम्पादेवी सहइन्चार्ज सुरेस थापाको प्रमुख आतिथ्यतामा भएको सो बैठकले अर्थ तथा योजना बिभाग प्रमुख खड्गबहादुर कार्की, प्रचारप्रसार तथा प्रकाशन बिभाग प्रमुख बीरेन्द्र मगर, युवा तथा खेलकुद विभाग गणेश केसी, संगठन बिभाग प्रमुख गणेश कार्की, स्कुल बिभाग प्रमुख कमल खड्का, पुर्व सुरक्षा संगठन बिभाग प्रमुख शान्ती बहादुर थापा, स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख रत्न बहादुर बुढाथोकी र स्थानीय तह बिभाग प्रमुख इन्द्र बहादुर थापालाई चयन गरेको छ ।