संगठन शशक्तिकरण तथा विस्तार अभियानमा नेकपा बुढानिलकण्ठ

संगठन शशक्तिकरण तथा विस्तार अभियानमा नेकपा बुढानिलकण्ठ

कपन अनलाइन

काठमाडौं,साउन १८।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बुढानिलकण्ठ नगर कमिरिले  संगठन शशक्तिकरण तथा विस्तार अभियान संचालन गरिरहेको छ।बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका अगुवा नेता तथा कार्यकर्ताहरु विच संगठन विस्तार , शशक्तिकरण र स्थानीय तहमा भएका र गर्नुपर्ने कार्यहरुका वारेमा व्यापक छलफल गर्न क्रममा वडा नं ४ मा भेला सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं २,४,५,८,९,१०,११,१२ र १३ मा भेला सम्पन्न गरेको नेकपा बुढानिलकण्ठले अन्य वडाहरुमा पनि अभियान संचालन गर्ने जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटिको निर्देशन अनुसार सबै वडामा छलफल आयोजना गरिएको बताउदै नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले एकीकरण अगाडी स्थानीय निर्वाचन लडेका दुवै पार्टीका घोसणापत्रका वारेमा गहन अध्ययन र कार्यप्रगतिको समिक्षा गरिएको जानकारी दिएका छन।

एकीकरण पश्चात  लामो समय देखि चलायमान हुन् नसकेका कमिटिहरुलाई गतिशील बनाउन अभियान संचालन गरिएको बताउदै अध्यक्ष अधिकारीले भेला बाट प्राप्त सल्लाह र सुझावका आधारमा जनप्रतिनिधिहरुलाई निर्देशन दिने तथा संगठन विस्तार र निर्माणको अवधारणा निर्माण गर्ने बताएका छन।

पार्टी संगठनलाई जीवन्त र गतिशील बनाउनका लागि प्रत्येक वडामा व्यापक छलफल गरिएको बताउदै नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले चाडै वडा कमिटीहरुले पूर्णता पाउने जानकारी दिएका छन।नेकपा काठमाडौंले  शाखा शाखामा पुग्न दिएको निर्देशन अनुसार सबै शाखाका पदाधिकारी , ति शाखा बाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु संग व्यापक छलफल गरिएको बताउदै सचिव डंगोलले प्राप्त सुझावका आधारमा आगामी कार्ययोजना तय गर्ने जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ को भेलामा नेकपा बागमती प्रदेस कमिटिका सचिवालय सदस्य तथा काठमाडौं ४(२) इन्चार्ज सुन्दर पुर्कुटी ,प्रदेस कमिटि सदस्य तथा काठमाडौं ५(२) इन्चार्ज शान्ति अधिकारी ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको नेकपा वडा नं ४ की अध्यक्ष कमला पन्तले जानकारी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।