गोकर्णेश्वर माकलवारिमा मोटरसाइकल दुर्घटना,नगरपालिकाका चालक घाइते

गोकर्णेश्वर माकलवारिमा मोटरसाइकल दुर्घटना,नगरपालिकाका चालक घाइते

कपन अनलाइन

काठमाडौं ,साउन १७।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलवारीमा दुई वटा  मोटरसाइकल एक आपसमा जुद्धा दुई  जना घाइते भएका छन। गोकर्णबाट जोरपाटी जादै गरेको बा ७७ पा १९०९ नम्बरको  मोटरसाइकललाई  सोही दिशातर्फ आउँदै गरेको बा ५३ प ५१२६ नम्बरको मोटरसाइकल एक आपासमा जुधेका थिए।

बा ५३ प ५१२६ नम्बरको मोटरसाइकल चालक २० वर्षका रबिन राईले चलाएको मोटरसाइकल अनियन्त्रित भइ गोकर्णेश्वर नगरपालिकाका सवारी चालक वडा नं ५ जोरपाटीमा बस्ने वर्ष ४५ का राजाराम अर्यालको खुट्टामा गम्भीर चोट लागेको लागेको थियो।

उनलाई उपचारको लागि त्रिवी शिक्षण अस्पताल लगिएको माकलबारी महानगरीय प्रहरी बिटका कार्यलय प्रमुख प्रहरी साहयक निरीक्षक लोकेन्द्र गिरिले जानकारी दिएका छन्।

 

तपाइँको प्रतिक्रिया ।