पुस्तान्तर : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,साउन १० ।
छ कक्षामा पढ्ने अदिति फुरुंग पर्दै आफ्नो बिद्यालयबाट घर आउछे। ऊ संयुक्त परिवारमा बसेकी थि । हजुरबा, हजुरआमा, बाआमा, काकाकाकीहरु र अरु सानासाना भाई बैनीहरुसँगै । उ विद्यालयबाट फर्कदा घरका सबै परिवारहरु बैठक कोठामा बसेर गफगर्दै खाजा खादै थिए ।
अदिति दंग पर्दै आएको देखेर उस्की हजुर आमाले सोध्नुहुन्छ ‘छोरी किन दंग परे कि ?
आमा –ऊँ हजुर आमालाई आमा भनेर सम्बोधन गर्थी आज हाम्रो स्कुलमा मनिटरको चुनाव थियो र सबैजनाले मलाई मनिटर चुने । त्यसैले म खुसी भएको ।
एक्कासी हजुर आमाको स्वर कठोर हुन्छ र अदितिलाई कडा स्वरमा सोध्नुहुन्छ– ‘तँ विद्यालयमा के गर्न जान्छेस, पढ्न कि चुनाव लड्न ?
हजुर आमाको प्रश्न सुनेर घरका सबै परिवारले जिल्ल परेर हजुर आमाको मुखमा क्वारक्वारति हेरे ।
केही क्षणको स्तब्धता पछि अदिति नै भन्छे– आमा यो कुनै चुनावहोर यो त विद्यार्थीहरु बिच मनिटर छान्ने चुनाव पो हो त ।
हो म पनि त त्यही भन्दैछु, तँ पढ्न जान्छेस् कि जे–सुकै होस् आखिर चुनाव त चुनाव नै हो त्यसमाकिनभाग लिस ?
अदितिको काका अदितिको पक्ष लिएर आमासँग भन्छ– हैन आमा कक्षाका सबैभन्दा जेहन्दार विद्यार्थी मध्येबाट मनिटर छानिन्छन् र हाम्री अदिति कति जेहन्दार छे तपाईलाई थाहै छ नी ।
हो मेरी नातिनि कति चलाख छे मलाई थाहा छ । यो पढ्न जान्छे कि चुनाव लडेर नेताहुन जान्छे ।चुनाव लडेर नेतै बन्ने हो भने किन पढ्नु पर्यो अहिलेदेखि नै नेतागिरीको अभ्यास गर्नु पर्यो त ।
हैन नीआमा नेता नै हुनपनि त पढ्नु पर्यो नी ।भला हाम्रो देशको नेताहरु नपढेका होलान् तर अरु देशमा त एक से एक पढेलेखेका जेहन्दार व्यक्तिहरु नै नेता बन्छन् काका अझै आमालाई सम्झाउने पारामा भन्छ ।
होला, तर मजहाँ छु म त्यही धरातलमा उभिन्छु ।बिदेशमा तैले भनेको कुरा होला, तर यहां देखेको
छस् ? धेरै पढेका नेताहरु सबै विदेश परस्त छन्, कम पढेको नेताहरुमा राजनिती गर्ने क्षमतै छैन ।
त्यसैले छोरी, राजनिती गर्नेहो भने भोलि देखि विद्यालय जान बन्द, हैन पढ्न जाने, पढ्ने हो भने भोलि नै गएर यो मनिटर सनिटर छाड्दि हाल्ने ।
ल कसैलाई केही भन्नु छ ? हजुरआमा निर्णायक स्वरमा सोध्नुहुन्छ ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक