काठमाडौं महानगरपालिका वडा नं १८ मा पुष्पलाल स्मृति पार्क उदघाटन

काठमाडौं महानगरपालिका वडा नं १८ मा पुष्पलाल स्मृति पार्क उदघाटन

कपन अनलाइन

काठमाडौं ,साउन ७।

४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौं महानगरपालिका वडा नं १८ मा पुष्पलाल स्मृति पार्क उदघाटन गरिएको छ। पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सो पार्कको उदघाटन गरेका थिए।

सो पार्क उदघाटन कार्यक्रममा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ,वडा नं १८ का जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

जन्म वि.सं. १९८१ असार १५ गते  रामेछाप जिल्लाको भंगेरीमा जन्मिएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव  पुष्पलाल श्रेष्ठको २०३५ शाल साउन ७ गते निधन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।