संग्रहालयको वृक्ष मुनि बसेर साहित्यकार बिपी कोइराला सम्झदा

संग्रहालयको वृक्ष मुनि बसेर साहित्यकार बिपी कोइराला सम्झदा

कपन अनलाइन 

काठमाडौं ,साउन ६/पुन्यराज पुडासैनी 

आज नेपालका प्रथम जना निर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइरालालको ३८ औ स्मृति दिवस हो। स्वर्गीय कोइरालाले धेरै साहित्यिक कृति रचना गरेको यो ऐतिहासिक वृक्षको सितल छायामा बसेको तस्विर हेरिरहदा साहित्यकार कोइरालाको छवी मानसपटलमा घुमिरहेको छ।

बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको निमन्त्रणामा सो ऐतिहसिक स्थलको अवलोकन गर्ने अवसरमा स्वर्गीय कोइरालाले करिव ८ वर्ष निरन्तर अथक साहित्य साधना गरेको यो वृक्ष संग साक्षात्कार गर्ने मौका मिलेको थियो।

‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास , दोषी चश्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति मध्ये धेरै अनुपम सिर्जना गर्दै गर्दा स्वर्गीय कोइरालालाई सितलता दिएको यो वृक्ष ति कृतिहरुको पहिलो साक्षीका रुपमा थियो।

संस्कृति र यौनमा आधारित सुम्निमा , नारीप्रधान  ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’  तिन घुम्ती जस्ता साहित्यिक कीर्तिका साथमा नेपालको प्रजातान्त्रिक र सामाजवादी आन्दोलनका धेरै विश्लेष्ण र ब्याख्या पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई,सर्वमान्य नेता गणेश मान सिंह संगै सुनेको यो वृक्षका पातपातमा ति इतिहासका अमुल्य ज्ञानहरु भरिए झैँ लाग्दछ।

बि.सं. २०१७ साल पुस १ राजा महेन्द्रले पंचायत घोषणा गर्दा स्वर्गीय कोइराला माइतीघरमा तरुण भेलालाई संबोधन गरिरहेका थिए जहाँ बाट गिरफ्तार गरि केहि समय सिंह दरवार राखे पछी सुन्दरीजल सारीएको थियो।त्यसै समय बाट यो वृक्ष उनिको निशव्द तर प्रिय साथी बन्यो र जेल बाट जादा जादै स्वर्गीय कोइरालाले कपुरको अर्को विरुवा रोपेर साथलाई निरन्तरता दिएका थिए।

स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएका स्वर्गीय कोइराला सामाजवादी आन्दोलनका स्पस्ट ब्यख्यता र अभियन्ता थिए। उनको राजनीतिक चिन्तनमा स्पस्टता र दृढतामा पक्कै यो वृक्षले ताप र सित्  छलेर  योगदान पुर्यायो झैँ लाग्दछ।

पश्चिमी दार्शनिक सिग्मण्ड फ्रायडको यौन मनोविज्ञानलाई  नेपाली साहित्यमा पहिलो पटक प्रयोग गरेका स्वर्गीय कोइरालाका कृतिहरुमा प्रयोग भएका विम्बहरुमा यो वृक्ष देखा पर्दछ वा भनौ उनको मौन वार्तालापको साझेदार त्यहि वृक्ष नै हो।

यहाँ बसिरहदा अनुभुति  हुन्छ  यो वृक्ष वरिपरी रहेका घर त्यस भित्रका स्वर्गीय कोइरालाको सयनकक्ष , भान्सा घर ,प्रातकालिन भ्रमण गर्ने स्थान र नजिकै रहेका उनका जेल जीवनका सहयात्रीका शालिकहरुले नेपालको राजनीतिक इतिहासको एउटा कालखण्डलाई प्राकृतिक पर्दामा देखाइरहेको छ।

हार्दिक श्रदा सुमन नेपाली साहित्यका अमर श्रष्टा …………

हेर्नुहोस संग्रहालयको भिडियो  :

 

 

 

तपाइँको प्रतिक्रिया ।