टोखा नगरपालिकाका १९ दिर्घकालिन योजनाहरु

कपन अनलाइन

काठमाडौं ,साउन ६ ।

टोखा नगरपालिकाको सातौ नगर सभाले १९ वटा दिर्घकालिन योजना सहितको निति तथा कार्यक्रम पारित गरेको छ। टोखा नगरपालिकालाई सांस्कृतिक ,प्राकृतिक र धार्मिक केन्द्रका रुपमा विकास गर्नका लागि दुरगामी महत्व राख्ने यो योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढाउने नगर प्रमुख प्रकास अधिकारीले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरेका छन ।

टोखा नगरपालिकाका १९ दिर्घकालिन योजनाहरु:

१.विष्णुमति तथा सांगले खोला र सपन तिर्थ खोला कोरिडोर निर्माण

२.नदीका दुवै किनारमा ढल तथा प्रसोधन केन्द्र निर्माण

३.बहु प्राविधिक विद्यालयको स्थापना

४.शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्जको सिमाना संगै पदमार्ग तथा साइकलिंग मार्ग निर्माण

५. भुतखेल चौर तथा सो क्षेत्रको सामुदायिक बनलाई संरक्षण गरि पर्यटन पूर्वाधार विकास

६.बौडेश्वर गुरुयोजना अनुसार निर्माण

७.मेलम्ची खानेपानीलाई नगरपालिका इलाकामा वितरणको व्यवस्था मिलाउने

८.वडा नं २ को गले थरखेल पार्क निर्माण

९.बसुन्धरा चोक देखि बसपार्क सम्म ढल व्यवस्थापन

१०.नगरपालिकाका ऐतिहासिक धरोहरहरुको जिर्णोद्वार तथा पुननिर्माण

११.बारुण यन्त्र संचालन

१२.विभिन्न देशका नगरहरु संग भगिनी सम्बन्ध विस्तार

१३.नगरपालिकाका सार्वजनिक सम्पत्तिहरुको अभिलेखीकरण र संरक्षण

१४.स्मार्ट सिटीको आधारभूत आधार तयार गर्ने

१५.एक वडा एक पार्क निर्माण

१६.रंगशाला निर्माण

१७.औधोगिक प्रदर्शनी स्थल निर्माण

१८.सम्मेलन केन्द्र तथा एकेडेमी हल निर्माण

१९.आकाशे पुल निर्माण

माथिका योजनाहरुलाई क्रमिक रुपमा निर्माण गर्ने योजना रहेको जानकारी दिदै नगरपालिकाले यसका केहि योजनाको निर्माण शुरु भैसकेको जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।