जिपि कोइराला फाउन्डेसन काठमाडौँ ४ (ख) को रक्तदान कार्यक्रम सम्पन्न

जिपि कोइराला फाउन्डेसन काठमाडौँ ४ (ख) को रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन ३।

जि पि कोइराला फाउन्डेशन काठमाडौँ ४ (ख) र नेपाल रेडक्रस सोसाइटि कपन शाखाको संयुक्तमा आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य   गगन कुमार थापाले कार्यक्रमको उद्घाटन गरेको उक्त रक्तदान कार्यक्रम बि पि कोइरालाको १०७ औँ जन्म जयन्तिको अवसरमा आयाेजना गरिएकाे थियो।

बुढानीलकण्ठ नगरपालिका वडा नं १२  घटराज मेमोरियल विद्यालयमा शुक्रबार भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता साधुराम खड्का ,नेपाली कांग्रेसका क्षेत्रीय सचिव बिनोद चालिसे लगायतको उपस्थिति रहेको थियो।

रगतको अभाव देखिएको समयमा फाउन्डेसनले आयोजना गरेको  सो  कार्यक्रममा  ४१ जनाले रक्तदान गरेकाे जानकारी दिदै कार्यक्रम  संयाेजक नवराज खनाल (बिक्रम) ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

कोभिड १९ को महामारीसँगै ब्लड बैँकमा रगतको अभाव खड्किरहेको बेलामा थोरै मात्र भए पनि सहयोग पुगोस् भन्ने हेतुले सो  रक्तदान कार्यक्रमको आयोजना गरेको जि पि कोइराला फाउन्डेशन काठमाडौँ ४ (ख) का संयाेजक बिजेन्द्र श्रेष्ठले बताएका छन।

तपाइँको प्रतिक्रिया ।