काठमाडौं महानगरपालिका- ३ का अध्यक्ष दिपक केसीलाई “कोरोना डिफेन्स अवार्ड २०२०”
कपन अनलाइन
काठमाडौं ,साउन २।
काठमाडौं महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसीलाई “कोरोना डिफेन्स अवार्ड २०२० ” सम्मान प्रदान गरिएको छ । कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा अग्रमोर्चामा रहेर सक्रिय रहेका केसीलाई गन्तव्य नेपालले सम्मान गरेको हो।
काठमाडौं महानगरपालिका वडा नं ३ मा जनप्रतिनिधिका रुपमा स्थानीय जनताको सेवामा सक्रिय रहेका केसी लगायतका व्यक्तित्वहरुलाई पुर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराईले सम्मान गरेका थिए।
कोभिड -१९ का कारण भएको लकडाउनमा संक्रमण रोकथाम ,सचेतना र राहत वितरणमा योगदान पुर्याएर मानव सेवा गरेका सक्रिय व्यक्तित्वहरुको कामको सम्मानका लागि सो अवार्ड प्रदान गरेको आयोजक संस्थाले बताएको छ।
तपाइँको प्रतिक्रिया ।