निजि विद्यालय संचालकहरु द्वारा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं ,साउन २।
बुढानिलकण्ठ नगरपालिका भित्र संचालित निजि विद्यालयहरुले बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएका छन।नेपालका ७५३ वटै स्थानिय सरकारलाइ एकै साथ बिहान ११ बजे ध्यानकर्षण पत्र बुझाउने कार्यक्रम अनुसार नेशनल प्याब्सन तथा प्याब्सन बुढानिलकण्ठ नगरपालिका समितिले बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएका हुन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,नगर शिक्षा शाखा प्रमुख सहितको उपस्थितिमा विभिन्न माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको थियो।
सो अवसरमा नेशनल प्याब्सनबाट काठमाडौ जिल्ला उपाध्यक्ष होम बहादुर(मनोज) अधिकारी, सह सचिब समीर बास्तोला, नेशनल प्याब्सन बुढानिलकण्ठ अध्यक्ष नारायण बाबू तिमल्सिना , प्याब्सन बुढानिलकण्ठ अध्यक्ष खेमराज घिमिरे लगायत पदाधिकारीहरु सहित विभिन्न बिध्यालयका प्राचार्य तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।