लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ र नेपाल अर्थोपेडिक अस्पताल बीच सम्झौता
कपन अनलाइन
काठमाडौँ, श्रावण २ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ र नेपाल अर्थोपेडिक अस्पताल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित कुशल पार्टी प्यालेशमा आयोजित एक कार्यक्रम बीच उक्त सम्झौता पत्र अस्पतालका तर्फ बाट श्याम प्रसाद रुपाखेती र लायन्स क्लब डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरेका थिए ।
उक्त सम्झौता पत्रमा नेपाल अर्थोपेडिक अस्पताल प्रथम पक्ष रहेको छ भने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ दितीय पक्ष रहेर भएको सम्झौतामा हाड जोर्नी सम्बन्धि समस्या भएका बिरामीहरुलाई नेपाल अर्थोपेडिक अस्पतालमा उपचार गराउन लागि दुवै पक्ष सहमत भइ हस्ताक्षर गरिएको छ ।
प्रथम पक्ष भनिएको अर्थोपेडिक अस्पतालला मेडिकल निर्देशक डा.युवराज खरेल र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को तर्फ बाट डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ ले हस्ताक्षर गरेको उक्त सम्झौता पत्रमा साक्षीको रुपमा नेपाल अर्थोपेडिक अस्पतालको तर्फ बाट प्रमुख प्रशासक श्याम प्रसाद रुपाखेती र लायन्स क्लब को तर्फ बाट क्लब प्रेसिडेन्ट लायन रामहरी सापकोटाकोले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का पदाधिकारीहरु र सदस्यहरुलाई नेपाल अर्थोपेडिक अस्पतालले क्याबिन मार्फत शल्यक्रिया सेवा उपलब्ध गराउने लेखिएको छ। त्यस्तै उक्त सेवा गराए बापत प्रथम पक्षले दितिय पक्षका बिरामीहरुलाई Implant र औषधी बाहेकका बिल रकममा २० प्रतिशत सम्म छुट गराउने भनिएको छ।
त्यसै गरि दितीय पक्ष लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ संग आवद्द संस्थाका पदाधिकारी तथा सदस्यहरुका एकाघरका परिवारका सदस्यहरुलाई सेवा गराए बापत प्रथम पक्ष नेपाल अर्थोपेडिक अस्पतालले दितीय पक्ष लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का बिरामीहरुलाई Implant र औषधी बाहेकका बिल रकममा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने भनिएको छ ।
त्यस्तै गरि ओपिडी सेवा अन्तर्गत एक्स रे ,ल्याब BMD, फिजियोथेरापी ,अल्ट्रासाउण्ड, Echo,सेवामा अर्थोपेडिक अस्पतालले डिस्ट्रिक ३२५ ए१का लायन्स सदस्यहरुलाई १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ। साथै उक्त समझदारीमा बुदाहरु थपघट वा परिवर्तन गर्न सकिने र सो सर्तनामा हस्ताक्षर भएको मितिले १ वर्षका लागि मान्य हुने गरी उक्त सम्झौता पुन नवीकरण गर्न सकिने समेत उल्लेख गरिएको छ ।त्यसै गरि उक्त सेवा लिनको लागि डिस्ट्रिक वा क्लबले प्रमाणित गरेओ पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ अन्यथा उक्त सेवा दिन प्रथम पक्ष अर्थोपेडिक अस्पताल असहमत हुन सकिने उल्लेख गरिएको छ।
फोटो : सरोज बस्नेत