ओखलढुंगाका तिन जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुंगाका तिन जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन 

ओखलढुंगा ,असार २३।

ओखलढुंगामा आज लिखु गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका ३ जना पुरूषमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

ती पुरूषहरू २२, २८ र ३० वर्षका रहेका छन् ।

यसअघि लिखुकै एक पुरूषमा जिल्लामा पहिलोपटक कोरोना पुष्टि भएको थियो । उनी आजै कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

तपाइँको प्रतिक्रिया ।