बुढानिलकण्ठ-१२ का शिक्षासेवी मधुसुदन पौडेलको निधन

बुढानिलकण्ठ-१२ का शिक्षासेवी मधुसुदन पौडेलको निधन

कपन अनलाइन 

काठमाडौं ,असार २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी शिक्षा सेवी मधुसुदन पौडेलको ७४ वर्षको उमेरमा निधन भएको छ। कपनक्षेत्रमा लामो समय देखि सामाजसेवा तथा शिक्षा क्षेत्रमा सक्रिय रहेका पौडेल राजनीतिक क्रियाकलापमा पनि संलग्न रहदै आएका थिए।

साविक कपन गाविसका पुर्व इकाई सभापति समेत रहेका पौडेल त्रि ज्योति मावीका पुर्व संचालक रहेका थिए भने उनि हाल बोधी सदन मावीका संचालक रहेका थिए।

साविक कपन गाविसमा पहिलो चरणमा स्नातक तह पास गर्ने व्यक्ति समेत रहेका पौडेलले विभिन्न संघ संस्थामा आवद्ध रहेर समाजसेवा गर्नुका साथै कपन क्षेत्रको शैक्षिक विकासमा ठुलो योगदान पुर्याएका थिए।

तपाइँको प्रतिक्रिया ।