बुढानिलकण्ठका निजि विद्यालयहरुले शुल्क उठाएको अविभावकहरुको गुनासो

बुढानिलकण्ठका निजि विद्यालयहरुले शुल्क उठाएको अविभावकहरुको गुनासो

कपन अनलाइन

काठमाडौं ,असार २३।

बुढानिलकण्ठका निजि विद्यालयहरुले शुल्क उठाएको अविभावकहरुको गुनासो गरेका छन। नगरपालिकामा संचालित इम्पेरीयल ,युरो ,काष्ठमण्डप  जस्ता विद्यालयहरुले अविभावकहरु संग पठन पाठन नभएको समयको पनि शुल्क मागेको भन्दै नगरपालिकामा सुचना दिएका थिए।

यसरी कठिन समयमा अविभावकहरु संग शुल्क माग गर्दै फोन र अन्य सुचना आएको खबर प्राप्त गरे संगै बुढानिलकण्ठ नगरपालिकाले ति विद्यालयका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको नगर शिक्षा समितिका एक सदस्यले बताएका छन।

सो छलफलका क्रममा नगरपालिकाले नेपाल सरकारको निर्णय मान्न आग्रह गर्दै कुनै पनि किसिमका शुल्क नलिन अनुरोध गरेको थियो भने विद्यालयका प्रतिनिधिहरुलाई   विद्यालयहरु निकै कठिन समस्यामा परेको भन्दै शुल्क उठाउने अडान राखेका थिए।

नेप्पल सरकारले लकडाउन आवधिभरमा संचालन भएका अनलाइन कक्षा वा अन्य नाममा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।

तपाइँको प्रतिक्रिया ।