लायन्स क्लब द्वारा किर्तिपुर छाला अस्पताललाइ स्वस्थ्य सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं असार १९ ।किर्तिपुर अस्पताललाइ लायन्स क्लव अफ इन्टरनेशनल ३२५ डिष्ट्रिक ए वानले आगोले पोलेका बिरामीको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लब अफ काठमाडौं सुकुन्दाको पहलमा वासिंगटन नेपाल हेल्थ फाउन्डेसन अमेरिकाको सहयोगमा प्राप्त उक्त सामग्री लायन्स लिडरहरुले नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर किर्तिपुर अस्पताल लाइ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौला रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तम कायस्थ,किर्तिपुर अस्पतालकि डायरेक्टर डा.पेरु प्रधान, प्लास्टिक सर्जन ड़ा.शंकर मान राइ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं सुकुन्दाको प्रेसिडेन्ट लायन बिजया लक्ष्मी श्रेष्ठले गरेकी थिइन, भने कार्यक्रम संचालन लायन बिश्व श्रेष्ठले गरेका थिए ।कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तम कायस्थले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौला लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तम कायस्थ लगायतकोआगोले पोलेको बिरामीको उपचारमा आवश्यक उपकरण किर्तिपुर अस्पतालकि डायरेक्टर डा. पेरु प्रधान र डा. शंकरमान राइलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।उक्त उपकरण नेपाली मूल्य अनुसार करिब १० लाख रुपैया पर्ने बताइएको थियो ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवालले आयोजकलाइ धन्यवाद दिदैलायन्स क्लव अफ इन्टरनेशनल ३२५ डिष्ट्रिक ए वानले मरणोप्रान्त छाला दान कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यले आफु गभर्नर हुँदाको समय देखि सो कार्यमा खटिरहेको र त्यसले गति लिएको पनि बताए।
प्राकृतिक प्रकोप या अन्य कुनै कारणले छालाको प्रत्यारोपण तत्कालै गर्नुपर्ने भएपनि नेपालमा छालाको अभावले बिरामीको मृत्यु हुने गरेको भन्दै लायन्स क्लवले छाला दान कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ भन्ने सोचका साथ् कार्य अघि बढाइएको र क्रितिपुरमा छाला बैंकको स्थापनाको काम समेत अघि बढाएको स्मरण गरेका थिए । आँखा सम्बन्धि ,वातावरण संरक्षण, बालबालिकामा देखिन क्यान्सर तथा मधुमेह रोगबाट बचाउन जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको लायन्स क्लबले छाला दानलाइ पनि प्राथमिकता राखेर अघि बढेको बताए ।
मानिसहरुले मृत्यअघि आँखा दान, शरीर दान गरेजस्तै छाला दान गर्न सकिने बताउदै उनले नेपालमा छाला दानबारे कम जानकारी भएकाले हुनसक्छ छाला दान गर्ने मानिस कमै देखिएको बताउदै उनले छाला दानको लागि आहृवान समेत गरेका थिए ।
मृतकका परिवार जनको सहमतिबाट छाला लिने भन्दै नेपालमा यो चलन फस्टाई नसकेकाले भारतबाट छाला ल्याएर प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको बताए । उनले जलेका मानिसलाई मृत्युबाट जोगाउन सकिने भएकाले छाला दान गर्नेहरु नेपालमै बढ्छन् भन्ने अपेक्षा गरेको पनि बताए । शरीरको एक तिहाइभन्दा बढी भाग गहिरो पोलेमा बिरामीको आफ्नो छालाले पोलेको भागलाई छोप्न पुग्दैन । यस्तो अवस्थामा अर्को व्यक्तिको छाला प्रत्यारोपण गर्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले छाला पोलेको मानिसको जीवन रक्षाका लागि छाला दान गर्न आवश्यक हुन्छ उनले भने । आँखा दान गरेजस्तै कुनै पनि व्यक्तिको मृत्यु पछिको ६ घण्टाभित्र वा शव फ्रिजमा राखेको अवस्थामा चौबीस घण्टाभित्र छाला दान गर्न सकिने पनि बताए ।
सरकारले छालादान तथा प्रत्यारोणसम्बन्धी कानुन नबन्दा केहि समस्या भए पनि त्यसको काम अघि बढिरहेको बताए उनले अन्य अंगदान गरेजस्तै छालादान गर्दा पनि कुनै असर नपर्ने भन्दै , छालादान गर्न सबैलाई अनुरोध गर्दै एकजनाले गरेको छालादानले कयौंको ज्यान जोगाउँन सकिने बताए ।’
आगोले जलेकाहरूको उपचारका लागि छाला आवश्यक पर्ने भन्दै समयमा छाला नपाउँदा इन्फेक्सन भएर कतिपय बिरामीको मृत्युसम्म हुने गरेको छ,’ भेटुवालले भने, ‘भारत पुगेर छाला ल्याउँदा डेढदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ । छाला किन्न भारत जाँदा–आउँदा बिरामीका आफन्तले अनावश्यक खर्च गर्नु परिरहेको छ । क्लबले त्यसलाई मध्य नजर गर्दै काठमाडौंको कीर्तिपुरमा ‘लायन्स स्किन बैंक’को अवधारणा अनुरुप लायन्स स्किन बैक अघि सारेको जानकारी गराए । ‘लायन्सले पर्याप्त छाला किनेर ल्याएपछि स्किन बैंकमा राख्नेछ,’ उनले भने, ‘त्यो छाला पाँच वर्षसम्म राख्न सकिने प्रविधि नेपालमा छ ।’
विकसित मुलुकमा भने दान गरिएको छाला १५ वर्षसम्म सुरक्षित राख्ने प्रविधि छ । भारतमा पर्ने मूल्यमै छाला उपलब्ध गराउने डिस्ट्रिक गभर्नर भेटुवालले बताए । बिरामीका आफन्त छाला किन्न मुम्बईसम्म जाँदा–आउँदा र बस्दाको खर्च जोगिने उनको भनाइ रहेको थियो । लायन्सले एकैपटक धेरै परिमाणमा छाला किनेर ल्याएर राख्ने भएकाले सस्तोमा उपलब्ध गराउन सक्ने जनाइएको छ । त्यस्तोमा नेपालमा पनि छाला दान गर्ने संख्या बढेमा त्यो काम प्रभाबकारी ढंगले झन् सस्तो हुदै जाने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले समेत शुभकामना मन्तब्य राख्दै डिस्ट्रिकले अघि सारेको मरणोप्रान्त छाला दान कार्यक्रमलाइ निरन्तरता दिने बताए। उनले त्यसको लागि जनचेतनामुलक कार्यक्रम समेत अघि बढाउने बताए। उनले अस्पतालला प्रदान गरिएको उपकरणले आगोले पोलेको बिरामीको उपचारमा सहजता प्रदान गर्ने बिश्वास ब्यक्त गरेका थिए ।
नेपालमा छाला रोगका बिरामीलाई छाला प्रत्यारोपण गर्ने कानुनी समस्या र पौराणिक रूढीवादी अवस्थाबारे समेत जानकारी गराउदै त्यसलाई चिर्न जनचेतनामुलक कार्यक्रम अघि बढाउनु पर्ने धारणा राखेका थिए। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक–३२५ ए १ ले विभिन्न स्थानमा सचेनता फैलाउँदै हिँडेपछि पछिल्ला छाला दान गर्न इक्छुक धेरैले नाम टिपाएको पनि बताए । आगोले जो कोहिलाइ पनि पोल्ने सक्ने भएकोले आगोले पोलेर गम्भीर बिरामी भएकाले उपचारमा छालाको अभाब भएर ज्यान गुमाउन नपरोस भन्नेमा सचेत हुदै सो कार्यक्रम प्रभाबकारी ढंगले अगाडी बढाएको बताए।उनले स्वस्थ्य सामग्री ल्याउन पहल गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा किर्तिपुर अस्पतालकि डायरेक्टर डा.पेरु प्रधान, प्लास्टिक सर्जन ड़ा.शंकर मान राइ लगायतले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै छालादानसम्बन्धी चेतना जगाउँन आवश्यक रहेकको बताए ।नेपालमा छालादान सम्बन्धी कानुन लगायतको समस्या रहेको पनि बताए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौलाले उपस्थित सबैलाई धन्यबाद दिदै कुनै पनि काम गर्दा चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने बताए। उनले नेपालमा छाला दान सम्बन्धि कानुन लगायतको समस्या हल गर्नको लागि निरन्तर मन्त्रालय संग समन्वय भईरहेको जानकारी गराए। उनले छिट्टै सो समस्या समाधान हुने बिश्वास ब्यक्त गरेका थिए। उनले आगोले पोलेको घटना आफ्नै परिवार भित्र पनि घटेको स्मरण गर्दै त्यतिबेला भारतमा पाएको दुख स्मरण गरेका थिए।
उनले त्यस्तो दुख अन्य नेपालीले भोग्न नपरोस भनेर सो समस्या समाधान गर्ने हेतु बिभिन्न कार्य अघि बढाइएको बताए । उनले नेपालमा आँखा दान अभियान संचालन गर्दा अभियन्ताहरुले भोगेको तीता अनुभब समेत स्मरण गर्दै सुन्य बाट सुरु भएको सो अभियान ब्राण्ड भएको भन्दै छाला दान अभियानले पनि बिस्तारै गति लिने बिश्वास ब्यक्त गरे ।
उनले आगोले जो सुकैलाइ पनि पोल्न सक्ने भएकोले प्रदान गरिएको स्वस्थ्य उपकरणले उपचारमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै छालादान गर्नको लागि समेत अनुरोध गरेका थिए ।कार्यक्रमको अध्यक्षता गरिरहेको लायन्स क्लब अफ काठमाडौं सुकुन्दाकि प्रेसिडेन्ट लायन बिजया लक्ष्मी श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन।
फोटो :सरोज बस्नेत