आ व ७७/७८को लागि शंखरापुर नगरपालिकाको बजेट ९९ करोड ८८लाख ५६ हजार

आ व ७७/७८को लागि शंखरापुर नगरपालिकाको बजेट  ९९ करोड ८८लाख ५६ हजार

कपन अनलाइन

काठमाडौं असार १३ ।शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष को लागि प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउने उदेश्यले शुक्रबार नगरपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले आर्थिक वर्ष २०७७/७८को लागि कुल ९९ करोड ८८लाख ५६ हजार रुपैया बिनियोजन भएको जानकारी गराए ।

उनले सो मा चालु तर्फ रु ४६ करोड ६७लाख (४०.०९प्रतिशत) विकास तर्फ रु ५८करोड ९८ लाख १७ हजार (५९.०४ प्रतिसत) हुन आउने बताउदै बित्तिय व्यवस्थापन तर्फ १० लाख रहेको जानकारी गराए ।त्यसै गरि उनले नगरपालिकाको आगामी आर्थिक वर्षको कुल आय ८२ करोड ४० लाख ९३ हजार अनुमान गरिएको जसमा आन्तरिक स्रोत बाट आय तर्फ ३३ करोड ८७ लाख बजेट अनुमान गरिएको जानकारी गराए।

जुन बजेटको ४१.१० प्रतिशत हुन आउने बताउदै सो मा राजश्व बांडफांड बाट प्राप्त हुने रकम समाबेश गरिएको जानकारी गराउदै नगरपालिकाको कुल बजेट आन्तरिक आयको हिस्सा ४१.०१ प्रतिशत र बाँकी बाह्य स्रोतबाट हुने आय १२ करोड ८७ लाख अनुमान गरिएको जानकारी गराए । त्यस्तै राजस्व बांडफांड बाट  २२ करोड ५१ लाख ९१ हजार ६४८ ,अन्य आय बाट ७ करोड ,जिल्ला समन्वय समिति बाट ७ करोड ,अन्तर स्थानीय तह बाट १ करोड ,संघिय सरकार बाट बिभिन्न अनुदान ३३ करोड ५१ लाक्ख र प्रदेश सरकार बाट प्राप्त हुने अनुदान ५ करोड ५१ लाख २ हजार अनुमान गरिएको जानकारी गराए ।उनले

१) पूर्वाधार विकास तर्फ: पूर्वाधार विकास तर्फ कुल २४ करोड १३ लाख ५० हजार बिनियोजन गरेको जुन कुल बजेटको २४.१६ प्रतिशत हुन आउने बताए । जसमा भवन तथा शहरी बिकासमा १३ करोड ९९ लाख र स्थानीय सडक पुल तथा झुलुंगेपुलमा ९ करोड ४५ लाख बिनियोजन भएको छ। त्यसै गरि सिंचाई तर्फ ५० लाख संचार तथा सुचना प्रबिधि तर्फ १९ लाख ५० हजार बिनियोजन भएको जानकारी गराए।

 २)सामाजिक विकास तर्फ : ८ करोड ९९ लाख ९हजार बिनियोजन  गरेको जानकारी गराउदै उनले शिक्षामा १ करोड ६७ लाख स्वास्थ्यमा १ करोड ३५ लाख ५९हजार ,खानेपानी तथा सरसफाईमा ३ अक्रोद ४५ लाख, संस्कृति प्रवर्धनमा  ९५ लाख ,खेलकुद तथा मनोरंजनमा ६५ लाख र लैंगिक समानता तथा समावेशीकरण ९१ लाख ५० हजार बिनियोजन गरेको बताए ।

३) आर्थिक विकास तर्फ : आर्थिक विकास तर्फ कुल विनियोजित रकम मध्ये रु ५ करोड ८५ लाख ५० हजार बिनियोजन गरेको जानकारी गराउदै जुन कुल बजेटको ५.८६ प्रतिशत रकम हुन आउने जसमा कृषि तथा पशुपालन तर्फ २ करोड ११ लाख, पर्यटनमा ३ करोड ५२ लाख ५० हजार ,सहकारी तथा राजश्व  अन्तर्गत २२ लाख बिनियोजन गरेको बताए ।

४) बातावरण तथा विपद व्यवस्थापन तर्फ   :बातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ३२ लाख ५० हजार बजेट बिनियोजन भएको बताउदै   जुन कुल बिनियोजित रकमको २.३७ प्रतिशत हुन आउने बताए ।त्यस्तै यस क्षेत्र अन्तर्गत बन तथा भू संरक्षण तर्फ रु ६० लाख, फोहोरमैला तथा ढल व्यवस्थापन तर्फ ५५ लाख र विपद व्यवस्थापन तर्फ ३५ लाख त्यसै गरि बातावरण संरक्षण तर्फ २२ लाख ५० हजार बिनियोजन गरिएको जानकारी गराए । त्यस्तै बिभिन्न पोखरी संरक्षणलका लागि  ५५ लाख बिनियोजन गरेको र बारुण यन्त्र व्यवस्थापनको लागि ५ लाख विनियोजन गरेको जानकारी गराए ।

 ५) संस्थागत विकास ,सेवाप्रवाह र सुशासन तर्फ : सो शिर्षक अन्तर्गत १ करोड ७३ लाख ६० हजार बिनियोजन गरेको जुन कुल बिनियोजित रकमको १,७४ प्रतिशत रहेको जानकारी गराए। साथै  कोष व्यवस्थापन तर्फ रु ६ करोड ६८ लाख बिनिय्जन गरेको जानकारी गराउदै जुन कुल बजेटको ६,६९ प्रतिशत हुन आउने बताए। त्यस्तै जनता सुरक्षा कार्यक्रममा १० लाख सार्वजनिक जग्गा संरक्षणमा १० लाख र मेयर उज्यालो कार्यक्रममा १० लाख बिनियोजन गरेको जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।