गायक शशिविक्रम थापाको ‘नालापानी दुख्यो’ गीतको भिडियो सार्वजानिक

गायक शशिविक्रम थापाको ‘नालापानी दुख्यो’ गीतको भिडियो सार्वजानिक

कपन अनलाइन

काठमाडौं ,असार १३।

राष्ट्रभक्तिको भावनाले प्रेरित  ‘नालापानी दुख्यो’ गीतको भिडियो सार्वजानिक गरिएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रालिको प्रस्तुती रहेको गीतकार एवं समाजसेवी जानकी वज्रचार्यको शब्द रहेको उक्त गीतमा गायक शशिविक्रम थापाको आवाज रहेको छ ।

त्यस्तै, पुरुषोक्त न्यौपानेको संगीत रहेको राष्ट्रप्रेमले भरिएको गीतको भिडियोलाई च्छोरोल्पा टिभीको युट्यूब च्यानलमार्फत बिहीबार एक कार्यक्रमकाबीच सार्वजानिक गरिएको हो । सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको उक्त कार्यक्रमा वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी शोभित उप्रेती, देवेन्द्र सिटौला, नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार राजन थापा, सुर्य चन्द, कमला जोशी, समाजसेवी सोमा खत्री, लक्ष्मी वस्नेत, अनिता चौलागाईं लगायतका विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्ता लगायतका क्षेत्रमा छिमेकीद्वारा मिचिएको सीमानाकाको विषयमा तयार गरिएको गीतको भिडियोसमेत कार्यक्रममा प्रदर्शन गरिएको थियो । उक्त भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वंयमले गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन, सुमन शंकरको श्रृंगार रहेको छ । भिडियोमा गीतकार जानकी वज्रचार्यका साथै बुद्ध श्रेष्ठ, बलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनाली लगायतको अभिनय रहेको छ ।

तपाइँको प्रतिक्रिया ।