भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,असार १३।

भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस काट्न गएकी थिइन्। सोही बेला दुई जना पुरूषले गुरूङले कानमा लगाएको सुनको रिङ तानेर भागेका थिए।

उनीहरू काठमाडौंको शंखरापुर नगरपालिका-६ सलम्बुटारतर्फ भागी फरार भएको भन्ने खबर पाएपछि प्रहरीले उनीहरूको खोजीतलासी थालेको थियो।महानगरीय प्रहरी परिसरका प्रवक्ता दीपक गिरीका अनुसार ती लुटेरालाई पक्रन भाग्न सक्ने नाकामा सुरक्षाकर्मीहरू बढाइएको थियो।

उनीहरूलाई पक्रन महानगरीय प्रहरी प्रभाग चाँगुनारायणखरिपाटीनगरकोट र स्थानीयवासीको सहयोग थियो।

त्यस्तै काठमाडौंको महानगरीय प्रहरी प्रभाग साँखुलाई समेत खबर गरी घेराबन्दी गर्दै खोजतलास गर्ने क्रममा दुबै लुटेरालाई प्रहरीले पक्राउ गरेको परिसरले जनाएको छ।पक्राउ पर्ने सिन्धुपाल्चोक बन्जेमानेका ३१ वर्षीय बिशाल तामाङ र चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ छन्। उनीहरू भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्दै आएका थिए।

प्रहरीले उनीहरूबाट सुनको रिङ एक जोर र खुकुरी समेत बरामद गरेको छ।

तपाइँको प्रतिक्रिया ।