काठमाडौं महानगरपालिकाले “मेयर्स रिसर्च फेलोसिप” मार्फत खोज अनुसन्धानलाई प्रवर्धन गर्ने

काठमाडौं महानगरपालिकाले “मेयर्स रिसर्च फेलोसिप” मार्फत खोज अनुसन्धानलाई प्रवर्धन गर्ने

कपन अनलाइन

काठमाडौं ,असार ८।

काठमाडौं महानगरपालिकाले  मेयर्स रिसर्च फेलोसिप कार्यक्रम अन्तर्गत प्रस्ताव आह्वान गरेर महानगरलाई उपयोगी हुने विभिन्न विषयमा खोज तथा अनुसन्धान गर्ने कार्य प्रारम्भ गरिएको छ ।

करियर क्याम्प कार्यक्रमअन्तर्गत यस बर्ष ३१ जना स्नातक तह उत्तीर्ण सिभिल इञ्जिनियर तथा आर्किटेक्टलाई ६ महिनाको कार्यगत तालिम प्रदान गरिएको छ । यसबाट ६५ वटा पार्क, पाटी, मन्दिर, सामुदायिक भवन, वडा कार्यालयहरुको डिजाईन तथा लागत ईष्टिमेट तयार गरेर कार्यान्वयनमा लगिएको छ । काठमाडौं महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पूर्वाधार सडक, ढल, पेटी, खानेपानी, बिद्युत, टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न बिभिन्न निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गरिएकोे छ ।

कोटेश्वर तीनकुनेको जग्गामा बुद्धपार्क निर्माणको गुरुयोजना तयार भइसकेको छ । उक्त स्थानमा अहिलेका लागि (अल्पकालीन रुपमा) हरियालीको विकास गरिएको छ । २३ वडामा यें महानगरपालिका सहिद धर्मभक्त माथेमा पार्क निर्माण तथा पूर्णकदको सालिक प्रतिस्थापन, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न भईसकेको छ ।

वडा ४ मा टुँडालदेवी पार्क र टुसाल पार्क निर्माण भइसकेको छ । त्यसैगरि विभिन्न वडामा मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क, न्ह्योखा पार्क, शान्ति नमुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, रानीबारी पोर्पा अजिमा पार्क, लगं पार्कलगायतका पार्कहरुको निर्माण कार्य शुरु भईसकेको छ ।

महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका अतिक्रमित सार्वजनिक जग्गाहरुको पहिचान गरी अतिक्रमण हटाउने र संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइएको छ । मेयर उज्यालो कार्यक्रम अन्तर्गत सार्वजनिक स्थल तथा सडकहरुमा स्वचालित सडक बत्ती जडान गरिएका छन् ।

तपाइँको प्रतिक्रिया ।