काठमाडौंबाट देखिएको सूर्यग्रहण (फोटो फिचर )

काठमाडौंबाट देखिएको सूर्यग्रहण (फोटो फिचर )

कपन अनलाइन

काठमाडौं ,असार ८ ।

काठमाडौंबाट देखिएको आजको सूर्यग्रहण अब ४४ वर्षपछि मात्र देखिने ज्योतिषहरुले बताएका छन् । यो ग्रहणमा सूर्य केवल बालाको आकारमा मात्रै देखिने भएकोले यसलाई बलय सुर्य ग्रहण पनि भनिएको युवा ज्योतिष एवम् खगोलविद भानुराज अर्याल बताउछन । यस बर्षकै लामो सूर्यग्रहण आज नेपालबाट खण्डग्रास मात्रै देखिएको थियो ।

नेपाल लगायत आजको सुर्यग्रहण कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो देखिएको छ । नेपालमा आजको सुर्यग्रहणमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्यलाइ चन्द्रमाले ढाकेको युवा ज्योतिष एवम् खगोलविद भानुराज अर्यालले कपन अनलाइनलाई बताए ।

कपन अनलाइनका फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका सुर्य ग्रहणका तस्विरहरु :

तपाइँको प्रतिक्रिया ।