तारकेश्वर पत्रकार मञ्च गठन

तारकेश्वर पत्रकार मञ्च गठन

कपन अनलाइन 

काठमाडौं ,असार ८ ।

तारकेश्वरमा नगरपालिका स्तरीय साझा पत्रकार संगठन तारकेश्वर पत्रकार मञ्च गठन गरिएको   छ ।

नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्यले  आयोजना गरिएको  भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संगठनको उपाध्यक्षमा उद्धवराज भेटुवाल, महासचिव शुसान्त न्यौपाने, सचिव कपिल भण्डारी, कोषाध्यक्ष सबु बस्नेत, सह–कोषाध्यक्ष प्रकाशराज कार्की, सदस्यहरुमा श्रीकृष्ण ढकाल, मोहन अधिकारी, जीवन हमाल, अस्मिता धमला, हरिराम भेटुवाल, जमुना धमला, सुप्रिमा लुइँटेल र सुनिता सिटौला रहेका छन् ।

सो  समितिको  पहिलो  बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा, प्रा डा केशवराज खड्का, श्रीराम पुडासैनी, श्रीराम केसी, सागर पण्डित, महेशजंग कुँवर र लक्ष्मीराज भण्डारी रहेका छन् । श्रीराम केसीको अध्यक्षतामा भएको कार्यक्रम मनमैजु सांस्कृतिक समाज अन्तरगत सञ्चार विभागले आयोजना गरेको हो ।

तपाइँको प्रतिक्रिया ।