साइलाबाजे संग भलाकुसारी !

साइलाबाजे संग भलाकुसारी !

कपन अनलाइन

काठमाडौं ,असार ७ /टिकेश श्रेष्ठ 

केही समय पछी बाजे सँग बस्दा साइला बाजेले भन्दै हुनुहुन्थ्यो बाबु यो समाज के भको होला है ? जे गर्दा नि नहुने ।यहाँ  राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने कोही भएन । जस्लेनी स्वार्थ कै कुरा गर्छन । अरु त अरु त्यो हेर न नजिकैको के नाम तेस्को ?कती पढेको भन्छन ?तर पनि त्यो भन्दा त मेरो पहिले को हजुर बाउ जो अहिले बितिसक्नु भो उहा को सोच नै उतम थियो ।

यो गाउका मानिसको सोचलाई बद्ल्नु पर्छ भन्नुहुन्थ्यो तर आज सोच त बदले तर सबैको सोच समाज हैन आफु कसरी बन्ने भन्ने छ ।लौ है बाबु यो समाज तिमीहरु कै भरमा छ,साइला बाले भन्नु भयो  ।

अनी उहा  भन्दै हुनुहुन्थ्यो तिमीलाई थाहा छैन होला बाबु (गाउको सार्वजनिक चोक तिर इसारा गर्दै ) यो सबै यहिका स्थानियबासीका जग्गा हरु हुन सन्ततिहरुका लागि ,समाज को लागि ,सांस्कृतिक  सम्पदाहरुको निम्ती ,प्राकृतिक बिपत्ती बाट बच्नको निम्ती,टोल गाउको सुन्दरताका  निम्ती साइला बाले सटिक शव्दमा हाम्रा ग्रह हरुकोई दार्शनिक बुझाई प्रस्ट पार्नुभयो ।

एक आपस मा मिलेर बस्नको निम्ती छोडेर यतीको चोक गाउ बस्ती समाज बनाएका छौ तर हेर्नुस् त हिजो त्यहाँ तल तिमीहरुले बनाउन लागेको जेष्ठ नागरिक  भेला पार्क बन्दै गरेको ठाउँ मा १ इन्च जग्गाको लागि टाउकै फुट्ने गरी झगडा गरेको साइला बाले दुख व्यक्त गर्नुभयो  ।

समाज कता तिर गैरहेको छ ? पढे लेखेको बर्ग रे शिक्षित् समाज रे ? बरु हाम्रै पहिले कै समाज नै ठीक छ कि भन्ने लाग्दैछ ।तर तेसो न होला समाज त परिवर्तन हुनु पर्छ तर राम्रो ढंग बाट  साइला बाजेले  मन सम्हाल्नुभयो  ।

मैले  कुराहरु सुनिरहे कती मज्जाको सुन्दै मिठो लाग्ने रिस ,राग ,छल ,कपट ,केही नभको हाम्रो समाज आज किन यस्तो ?मलाई सोच्न वाध्य बनायो साइला बाजे ले भन्नु भको ति कुरा हरुले।

साच्चै नै हेर्नु त हिजो चुनिखेल देखी टुसाल सम्मको बाटो बनाउदा कती दाजुभाइ सँग झगडा गर्नु पर्‍यो। पिक पोइन्ट स्कुल देखी करुणा माइ सम्मको बाटोमा कती लडेको हो ।

करुणा माइ एतिहासिक सुन्दर चोक बनाउदा हाम्रो कती पय दाजुभाइको झगडा भयो हात हालाहाल भयो । कती को त अहिले सम्म नि रिस राग बाँकी छ।

सम्पत्ती बाडफाड्मा नि तेस्तैबरु अरु टाढाको मान्छे सँग घनिश्टता छ तर आफ्नै बाउ आफ्नै दाजुभाइ दिदिबहिनीहरु बाट टाढा छन विडम्बना ।साइला बाजेको त्यो कथा जस्तै लाग्ने शब्दहरु सुनिरहे ।बाबु खै त आज भोली हाम्रो कला सस्कृतिहरु पनि हराउदै गए मठ् मन्दिर जिर्ण छन घरहरु जथाभाबी बनाए मौलिक पन छैन यस्तै यस्तै ।

मैले बाजेलाई हाँस्दै भने बन्दै छ बाजे हामी यस्मा लागिरहेका छौ अनी मैले बाजेलाई जिस्किदै बाजे अनी त्यो सरकारले दिने वृद्ध  भत्ताको बिषयमा के छत ? बाजे ले हाँस्दै भने त्योत हाम्रो जिबनको लौरो साहारा हो बाबु ।

आज भोली छोरा छोरी नातिनातिनाले हामीलाई सम्झीदैन,सके वृद्धआश्रम मा छोड्छन सुनेको पनि छु कतिले छोडेको । हाम्रो खुशी हाम्रो चाहना हाम्रो इच्छामा  कहाँ समय दिन्छन र अचेल  ।

उहाको  हाँस्दै गरेको आँखामा आसुँको टिलपिल पानी र  मेरो पनि आँखा मा केही बिझे जस्तो भो बाजे भनेर एक छिन् नीहुरिए  ।

बाजेले बुझ्नु भो  साच्चै नै समाज दौडिरहेको छ कसैको खुट्टा तानेर या सबै राम्रा पक्ष भत्काएर  अनी भन्दै हुनुहुन्थ्यो बाबु के अब हामीले गाउघरमा पुरानो शैलिको दाची इटा झ्याल प्रयोग गरेर घर बनाए भने हाम्रो बुनपाका मेयर सापले मौलिक परम्पराको संरक्षण  भनेर रकम दिनु हुन्छ र ?

साखु नगर पालिका मा त दिए भनेर सुन्छु त ? अनी हाम्रो नगरको कर्मचारीहरु पनि कती जना भ्रस्टाचारी छानबिन मा परे रे ? के भको हो एस्तो ? सायद् यस्तै यस्तै प्रश्नका पोका हरु रैछन बाजे सँग ।

अनी सरकार को नि के के कुरा गर्दै हुनुहुन्थ्यो एस्तो उस्तो ।मैले उत्तर दिनै सकिन तर रास्ट्र को सवालमा चाँही धेरै राम्रो निर्णय भएको छ है बाबु   भन्दै हुनुहुन्थ्यो। र उहाको अन्तिम प्रश्न थियो   तिमीलाई थाहा छ बाबु अब यो कोरोनाले के हुन्छ देशमा ? …म  स्तब्ध।

तपाइँको प्रतिक्रिया ।