बुढानिलकण्ठ -१० का कोरोना संक्रमित भन्छन :स्वास्थ्य सामान्य छ चाडै फर्कन्छु

बुढानिलकण्ठ -१० का कोरोना संक्रमित भन्छन :स्वास्थ्य सामान्य छ चाडै फर्कन्छु

कपन अनलाइन 

काठमाडौं ,असार ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० बलुवाखानीका कोरोना संक्रमित  ४५ वर्षीय पुरुषले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र आफु उच्च मनोबलका साथ कोरोना विरुद्ध लडिरहेको बताएका छन।

काठमाडौं बलम्बुमा  रहेको शशस्त्र प्रहरीको अस्पतालमा रहेका उनले कपन अनलाइन संगको टेलिफोन कुराकानीमा कोरोना संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै  असपतालले दुई पटक परिक्षण गरेको जानकारी दिएका छन।

चाडै कोरोना जितेर आफु पुन सामाजिक र व्यवसायिक कार्यमा फकर्ने आत्मविश्वास व्यक्त गर्दै उनले आफ्नो समयमा नै परिक्षण गर्न पहल गर्ने नगरपालिकालाई धन्यवाद दिएका छन।

कपन अनलाइन संगको टेलिफोन कुराकानीमा उनले कोरोना संक्रमण हुदा यसले समुदाय र अन्य क्षेत्रमा परेको मनोबैज्ञानिक त्रास लिनु नहुने भन्दै नगरपालिकाले परिक्षणको दायरा फराकिलो र द्रुत बनाउनु पर्ने सन्देस दिएका छन।

निकै उच्च मनोवल र दरिलो आत्मविश्वास सहित कुराकानी गरेका उनले आफ्नो परिवार ,टोल ,वडा तथा बुढानिलकण्ठ नगरपालिकावासीलाई सचेत ,सतर्कर सजग रहन  आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।