काठमाडौं महानगरपालिका वडा नं ३ का क्यान्सर तथा मृगौला पिडितहरुलाई सहयोग

काठमाडौं महानगरपालिका वडा नं ३ का क्यान्सर तथा मृगौला पिडितहरुलाई सहयोग

कपन अनलाइन 

काठमाडौं ,असार ३।काठमाडौं महानगरपालिका वडा नं ३ का क्यान्सर तथा मृगौला पिडित २० परिवारलाई नगद तथा राहत सहयोग गरिएको छ। वडा नं ३ निवासी समाजसेवी कमला श्रेष्ठका ताइवान निवासी पुत्र रोहित श्रेष्ठ (रोय ) को सहयोगमा सो सहयोग प्रदान गरिएको थियो।

क्यान्सर तथा मृगौला पिडितहरुलाई काठमाडौं महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसी ,वडा सदस्य प्रेम थापा ,वडाका कर्मचारी तथा स्वयंसेवकहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

काठमाडौं महानगरपालिका वडा नं ३ ले वडाका विभिन्न क्षेत्रमा रहेका विपन्न परिवार  तथा असहाय व्यक्तिहरुलाई निरन्तर सहयोग उपलव्ध गराउदै आएको छ।

तपाइँको प्रतिक्रिया ।