चम्पादेवी गाउँपालिका वडा नं ८ विलन्दुमा राहत वितरण
कपन अनलाइन
ओखलढुंगा ,असार ३/उत्तम फुयाल
चम्पादेवी गाउँपालिका वडा नं ८ विलन्दुमा राहत वितरण गरिएको छ । सो राहत वितरणमा चम्पादेवी गाउँपालिका अध्यक्ष नबराज केसी, गाउँ पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक निर्मला देवि रैका मगर, राहत सङ्कलन वितरण समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता अजय लुइँटेल,स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षासेवि,समाजसेवी,बुद्धिजीवी, शशस्त्र प्रहरी वल,प्रहरी चौकी चुप्लु घोराखोरी र स्थानीय नागरिककोउपस्थिति रहेको थियो।
विश्व मानव सभ्यता मााथि आतंक बनाएको कोरोना भाइरसले चम्पादेवि ८ का आम नागरिकको जनजिबन सङ्कट्मा परेको गाउँपालिकाको बैठकले मुल्यांकन गरि उक्त वडाका दिनमा काम नगरी रातमा छाक नटर्ने घर परिवारलाई दाल,चामल,नुन लगाएतका खाद्यान्नको राहत वितरण सप्पन्न गरिएको राहत गरिएको प्रवक्ता अजय लुइँटेलले जानकारी दिएका छन ।
नेपाल सरकारले गरेको निरन्तर लकडाउन समयको प्रतिकुल पनि उक्त खाद्यान्न राहत उपलब्ध गराइ सम्मान र सफलता पुर्वक वितरण गरेकाले उक्त वडाका जनतामा खुसी भएको वडा नं ८ की काव वडा अध्यक्ष निरु गुरुङले वताएकि छन ।
गाउँ पालिकाले साबि वडामा राहत वितरण गरेको र आगामी दिनमा पनि उत्पादन र रोजगार मुलक कार्यक्रम संचालन गर्ने योजना रहेको गाउँ पालिका अध्यक्ष नबराज केसीले बताएका छन।